२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मातृ तथा नवजात शिशु मृत्युदर घटाउने सरकारको ध्येय : उपप्रधानमन्त्री यादव

अ+ अ-

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन सरकारले उच्च प्राथमिता दिएको बताएका छन् ।

‘स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, आमा सुरक्षा कार्यक्रम सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ’, उनले भने । सेवाको गुणस्तरीय पुहँच पुग्न नसकेका स्थानबाट सरकारले गर्भवती/सुत्केरी आमालाई हवाई उद्धारको व्यवस्था मिलाएको छ । हालसम्म ३२ महिलाको उद्धार गरिएको छ ।

प्रजनन सेवा र शिक्षाको केन्द्रीय अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६०औँ वार्षिकोत्सवका अवरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाइने बताए ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन कार्यान्वयन गर्न नियमावली तयार भएको जानकारी दिँदै उनले प्रजनन सेवा र शिक्षाको केन्द्रीय अस्पतालका रुपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई थप सहयोग गरिने आवश्वासनसमेत दिए ।

उनले स्त्रीरोग विषयमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने चिकित्सक रक्षा पराजुलीलाई पदक तथा अस्पतालमा लामो समय कार्यरत चिकित्सक र नर्सलाई सम्मान गरेका थिए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलले अस्पतालका श्यया थप गर्नुभन्दा शहरी क्षेत्रमा अस्पतालले आफ्ना सेवा विस्तार गर्न आवश्यक रहेको सुझाव दिए ।

चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा. डिएन साहले न्याम्स र अस्पताल बीचको सहकार्यमा आगामी दिनमा स्त्रीरोग सेवा र शिक्षाको विस्तार गर्न आवश्यक रहेकामा जोड दिए ।

शल्यक्रियाका माध्यमबाट सुत्केरी हुनेको सङ्ख्या बढ्दो

विसं २०१६ मा आजकै दिन ४० श्ययाबाट अस्पतालको सेवा शुरु भएको अस्पतालको श्यया विस्तार हुँदै जाँदा हाल ४८९ पुगेको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा. जागेश्वर गौतमले अस्पतालमा दैनिक ६६ महिला सुत्केरी हुने गरेका जानकारी गराए । ती सुत्केरी हुने महिलामध्ये २१ जनाको शल्यक्रिया (सिजरियन सेक्शन) बाट हुने गर्दछ ।

पछिल्लो समय अस्पतालमा नै सिजरियन सेक्शनबाट बच्चा जन्माउनेको सङ्ख्या वृद्धि भइराखेको छ । अस्पतालले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अस्पतालमा कूल ३० हजार ६२७ महिला भर्ना भएकामध्ये २४ हजार १४७ ले बच्चा जन्माएका थिए ।

अर्कोतर्फ अस्पतालले न्याम्ससितको सहकार्यमा प्रसूति तथा स्त्रीरोग विषयमा स्नातकोत्तर तहमा एमडी/एमएस को अध्यापनसमेत शुरु गरेको छ । विगत दुई वर्षदेखि अस्पतालले परोपकार नर्सिङ कलेज सञ्चालन गर्दै आएको छ । अस्पतालले सञ्चालन गरेको सुरक्षित गर्भपतन सेवाबाट गत वर्ष एक हजार २६६ महिलाले सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस