२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा डेङ्गुबाट एक जनाको मृत्यु

अ+ अ-

डोटी । डोटीमा पहिलो पटक डेङ्गुबाट एक जनाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ६ थाप्लाकी ४२ बर्षिय छत्र मलासीको डेङ्गुबाट मृत्यु भएको हो ।

बिरामी भएपछी उपचारका लागी मायाँमेट्रो हस्पीटलमा भर्ना भएकी मलासीको बिहिबार बिहान मृत्यु भएको हो । टाउको दुख्ने ज्वरो आउने क्रम नरोकीएपछी थप उपचारका लागी धनगढी लगिएको जेठाजु नारद मलासीले बताए । मलासीले भने ‘सुरुमा यो भारईल ज्वरोको समस्या सबै तिर छ, त्यही होला भन्ने भयो बढ्दै गएपछी उपचारका लागी धनगढी लग्यौँ डाक्टरले डेङ्गु हो भने, हामी आश्चर्य चकित भयौँ ।’

डोटी जिल्लामा बस्दै आएकी मलासीलाई डेङ्गु भनेपछी स्थानीयमा त्रास छाएको छ । मसालीलाई डेङ्गु र स्क्रप टाईफस दुई वटा बिरामी देखिएको मायाँ मेट्रो अस्पतालका डाक्टर बिष्णु जोशीले बताए । जोशीले भने ‘उहाँमा डेङ्गुले धेरै संक्रमण गरिसकेको थियो त्यसैले पनि उपचार सम्भब भएन, कैलालीमा डेङ्गुको संक्रमण बढ्दो छ ।’

जिल्ला मै अहिलेसम्म डेङ्गु रोग नभेटिएको जिल्ला अस्पताल डोटीका डाक्टर भुषण मिश्रले बताए । मिश्रले भने ‘हाम्रो रेकर्डमा अहिलेसम्म छैनन्, डेङ्गुबाट मृत्यु भएको खबर मैले पनि सुन्यौँ, हामी परिक्षण गछौँ त्यसका लागी किटको माग गरि सकेका छौँ ।’ पहाडमा पनि डेङ्गु रोग देखिनु चिन्ताजनक बिषय भएको डाक्टर मिश्रले बताए ।

एडिज नामको लामखुट्टेको टोकाइबाट डेङ्गु हुने गर्दछ । विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन् । एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन् । यसले दिउसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ । यस्ले आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब ३ सयवटा अण्डा पार्दछ ।

डेङ्गु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेङ्गु सर्दछ । लामखुट्टेको कारणभन्दा पनि मानिसहरुको तीव्र बसाइसराइ र भ्रमणले यो सार्न सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस