२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परशुराम नगरपालिकामा यथाशीघ्र औषधिसहित विज्ञ टोली पठाइयोस् : सांसद स्नेही

अ+ अ-

काठमाडौं । परशुरमा नगरपालिकाको झाडापखाला प्रभावित क्षेत्रमा औषधिसहित विज्ञ टोली पठाउन सांसद चक्रप्रसाद स्नेहीले आग्रह गरेका छन् ।

राष्ट्रियसभा बैठकमा बोल्दै सांसद स्नेहीले डडेल्धुराको परशुराम नगरपालिका–८ मा झाडापखालाले विकराल रुप लिइ हैजा उत्पन्न भएको हुँदा प्रभावित क्षेत्रमा यथाशीघ्र औषधिसहित विज्ञ टोली पठाउन सरकारसँग आग्रह गरेका हुन् ।

श्रावण २९ गतेदेखि फैलिएको झाडापखालाले विकराल रुप लिइ चार गाउँ नै प्रभावित बनेकाले त्यहाँका जनताको स्वास्थ्य अवस्था जोखिमपूर्ण रहेको बताएका छन् ।

औषधि उपचारको अभावले यो समस्या विकराल बन्दै गएको सांसद स्नेहीको भनाइ छ ।

सांसद स्नेहीले भने ‘सानखोलाबाट सुरु भएको झाडापखालाले चार गाउँका जनताको स्वास्थ्य अवस्था प्रभावित बनेको छ । यतिबेला स्वास्थ्यकर्मीको अभाव र औषधि उपचारको अभावले दिन प्रतिदिन हैजा फैलिँदै गइरहेको छ । नियन्त्रणमा आइरहेको छैन । साननी स्वास्थ्य चौकी का डा. आनन्द यादवको जानकारी अनुसार वहाँले पाँच जना जोगबुडा अस्पतालमा रिफर गरेका छन् । एक जनालाई भने जिल्ला भन्दा बाहिर रिफर गरिसकेका छन्् । ’

प्रभावित क्षेत्रमा अहिले सम्म ८३ जनाको स्वास्थ्य अवस्था गम्भीर देखिएको छ ।

सांसद स्नेहीले नेपाल सरकारले र सम्बन्धित मन्त्रालयले सम्बन्धित क्षेत्रमा विज्ञ टोली र आवश्यक औषधिसहित केन्द्रबाट टोली खटाइयोस भनि विषयगत मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘अहिलेसम्म नेपाल सरकारका एक जना मात्र डाक्टर थिए ति डाक्टर पनि समायोजन अन्तर्गत रमाना बुझेर बसिरहेका छन् । नेपाल सरकारले डाक्टरको व्यवस्था गर्न सकिरहेको छैन ।’

सांसद स्नेहीले अस्पतालमा रेडियोग्राफि गर्ने जनशक्ति समेत नभएको बताउँदै ल्यावको व्यवस्था पनि नभएको स्पष्ट पारे ।

पाँच जना स्टाफ नर्स भएको अस्पतालमा अहिले सबै समायोजन भएर जाँदा त्यहाँ एक जना मात्र स्टाफ नर्स रहेको उनको भनाइ छ ।

त्यस्तै, उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ५५ जनाको दरबन्दी छ ७ जनाले मात्रै काम गरिरहेको छन् ।

प्रतिक्रिया दिनुहोस