२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देश, भूगोल र जनताको भावना बुझेको उम्मेदवारको खोजी हुँदै

अ+ अ-

चिप्लेढुङ्गा । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित ५० पदका लागि तोकेको ५५० मतदान केन्द्र कायम गरेको जानकारी दिएसँगै कास्कीमा चुनावी सरगर्मी शुरु हुन थालेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले देश बुझेको, भूगोल बुझेको, त्यो भन्दा बढी जनताको भावना बुझेको व्यक्ति अब उम्मेदवार बन्नुपर्ने बताएका छन्। उनले भने, “स्थानीय जनताको पीरमर्का र आवश्यकतालाई सम्बोधन गर्न सक्ने, राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अन्तर्राष्ट्रियस्तरमा समेत प्रभाव पार्न सक्ने व्यक्तित्वको खाँचो छ ।”

साहित्यकार एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले राष्ट्रलाई अग्रगमनतर्फ लैजान सक्ने, आफ्नो क्षेत्रको आवश्यकतालाई बुझ्न सक्ने दूरदर्शी र नैतिकवान उम्मेदवार हुनुपर्ने बताए । नेपालको सिङ्गो पहिचान भाषा, धर्म, संस्कृति र कला साहित्यसँग जोडिने हुनाले यस विषयमा पनि उम्मेदवार राम्रो दख्खल भएको हुनु जरुरी हुने उनको भनाइ छ ।

पर्यटन व्यवसायी नरेश भट्टराईले देशको माटोलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सक्ने दूरदर्शी स्वाभिमानी उम्मेदवार उठ्नुपर्ने विचार राखे । “नेता भनेपछि श्रद्धाले शिर झुकोस् र जनजनले नाम पुकारोस्, रवीन्द्रको अभाव हामीले महसुस गरेका छौँ, त्यो अभाव मेटाउन सक्ने र राष्ट्रिय छवि बनाएको नेता उम्मेदवार बन्नुपर्छ”, उनले भने । पत्रकार एवं अधिवक्ता दुर्गा भण्डारीले सम्भव भएसम्म महिला उम्मेदवार हुनुपर्नेमा जोड दिए।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले स्थानीय स्रोत र साधनको समुचित प्रयोग गरेर नागरिकको जीवनस्तरमा आमूल परिवर्तन गर्न सक्ने क्षमतावान् व्यक्ति उम्मेदवार बन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस