२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्येष्ठ नागरिकको उपचारका लागि निर्देशिका बनाइँदै

अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि नगर स्वास्थ्य केन्द्रले निर्देशिका बनाउन शुरु गरेको छ । नगरपालिकाअन्तर्गतको नगर स्वास्थ्य केन्द्रले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर औषधोपचार गर्नका लागि निर्देशिका बनाइरहेको हो ।

नगर क्षेत्रभित्र रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्करूपमा स्वास्थ्य सेवा प्रदान गर्ने गरी निर्देशिका निर्माण भइरहेको नगर स्वास्थ्य संयोजक इन्द्रराज शर्माले बताए । निर्देशिका निर्माण भएपछि कार्यविधि बनाएर काम थाल्ने उनको भनाइ छ । आगामी असोजको पहिलो हप्तादेखि ज्येष्ठ नागरिकको घरमै पुगेर निःशुल्करूपमा विशेषज्ञसहितको टोलीले औषधोपचार गर्ने शर्माले जानकारी दिए ।

नगर स्वास्थ्य केन्द्रले उच्च रक्तचाप, मधुमेह, दमलगायत नियमित उपचार गर्नुपर्ने रोगको निःशुल्क प्रयोगशाला परीक्षण र औषधोपचार गर्ने गरी कार्यविधि निर्माण गरिरहेको छ । केन्द्रको नयाँ कार्यक्रमअनुसार समुदाय लक्षित कार्यक्रम केन्द्रित गरिएको जानकारी दिँदै स्वास्थ्य संयोजक शर्माले समुदायलाई स्थानीय सरकारको अनुभूति हुने गरी काम भइरहेको बताए ।

गैँडाकोटको पितौजी स्वास्थ्य केन्द्रमा मात्रै रहेको भिडियो एक्स–रे सेवालाई गैँडाकोट स्वास्थ्यचौकीमा विस्तार गर्ने, २४ घण्टे प्रसूति सेवा, सबै प्रकारका खोपलाई भण्डारण गरेर राख्ने, अस्पतालजन्य फोहर व्यवस्थापनका लागि काम गर्ने गरी कार्यविधि निर्माण भएको शर्माले जानकारी दिए ।

पाठेघरको क्यान्सर र स्तनक्यान्सरको स्क्रिनिङ, नगरका १८ वटै वडामा चिकित्सक प्रयोगशालासहित निःशुल्क औषधोपचारका लागि घुम्ती शिविर, वातावरणीय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए । यस वर्षको समुदाय लक्षित नियमित र थप कार्यक्रमका लागि ९५ लाख बजेट स्वीकृत भएको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस