१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानको एक विवाह समारोहमा आत्मघाती विस्फोट

अ+ अ-

काठमाडौं । अफगानिस्तानको एक विवाह समारोहमा आत्मघाती बम विस्फोट हुँदा कैयन हताहती भएको बताइएको छ ।

काबुलस्थित हलमा विवाह समारोहमा गएराति २२ः४० बजे बम विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् । घाइतेहरु सबैलाई अस्पताल पुर्‍याइएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार विवाह समारोह भइरहेका बेला एक व्यक्तिले आत्मघाती हमला गरेका हुन् ।

विवाह समारोहमा सहभागी मोहम्मद फरगले आफू महिला समूहतर्फ रहेका बेला पुरुष बस्ने स्थानतर्फ लक्ष्य गरेर ठूलो विस्फोट गराइएको बताएका छन् ।

अफगानिस्तानमा हलमा सयौंको संख्यामा भेला भएर विवाह गर्ने परम्परा छ । जहाँ पुरुषहरु एकतर्फ र महिला तथा बालबालिकालाई अर्कोतर्फ राखिन्छ ।

प्रत्यक्षदर्शी फरगले बताएअनुसार विस्फोटलगत्तै सबै मानिस आत्तिँदै बाहिर निस्केका थिए । विस्फोटको २० मिनेटसम्म विवाह हल धुवाँको मुस्लोले भरिएको थियो । उनले पुरुष बस्ने स्थानका मानिस जीवित या घाइते के छन् भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नश्रत रहिमीले शनिबारको विस्फोटबाट मानिसहरु हताहती भए पनि विवरण संकलनको काम भइरहेको बताए ।

‘विस्फोटबाट ठूलो हताहती भएको छ । हामी विवरण संकलनकै अवस्थामा रहेकाले क्षतिबारे यकिन गरेर भनिहाल्ने अवस्थामा छैनौं’, उनले भने ।

विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

बम विस्फोट गराइएको ठाउँ सिया मुस्लिम बाहुल्य क्षेत्र हो । अफगानिस्तानसँगै पाकिस्तानमा रहेका अल्पसंख्यक सिया हजारा समूदाय सुन्नी मुस्लिम आर्मी, तालिवान र इस्लामिक स्टेट समूहको निशानामा पर्दै आइरहेका छन् ।

यसअघि काबुलको प्रहरी स्टेशन बाहिर तालिवान समूहले भयानक बम विस्फोट गराएको थियो । जसमा कम्तीमा १४ अफगानीको ज्यान गएको थियो भने झण्डै १५० घाइते भएका छन् ।

शुक्रबार मात्रै पाकिस्तानी शहर क्वेटा नजिकैको मस्जिदमा विस्फोट हुँदा तालिवानी नेता हिवतुल्लाह अखुण्डजादाका दाजुको ज्यान गएको थियो । यो आक्रमण कसले गराएको थियो भन्ने अहिलेसम्म खुलेको छैन ।

तालिवान र अमेरिकाले अफगानिस्तानमा शान्ति स्थापनाका लागि भन्दै हजारौं सेना तैनाथ गराए पनि त्यहाँ थप हिंसाका घटनामा कमी आउनुको साटो बढ्दै गइरहेका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस