१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फिलाडेल्फियामा गोली हानाहान, छ प्रहरी घाइते

अ+ अ-

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया शहरमा लागूपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा छ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ ।

विभागका अनुसार लागूपदार्थका कारोबारीहरुलाई पक्राउ गर्ने क्रममा घण्टौ लागेको थियो । घाइते प्रहरीको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रहरी आयुक्त रिचार्ड रस जुनियरले आफ्नो ३० वर्षे कार्यकालमा प्रहरीसँग यति लामो समयसम्म कुनै पनि समूहले भिडन्त नगरेको बताए ।

यसै महिनाको शुरुमा अमेरिकाकै ओहायो राज्यको डेटन र टेक्सास राज्यको एल पासोमा भएका गोलीकाण्डमा ३२ जनाको ज्यान गएको थियो ।

एक व्यक्तिले घरभित्रबाट प्रहरीमाथि लगातार गोली चलाएका थिए, तर प्रहरीले निकै प्रयासपछि ती व्यक्तिलाई पक्राउ गरेको थियो ।

फिलाडेल्फिया नगरका मेयर जीम केन्नीले प्रहरी विभागले सफलतापूर्वक कारबाही गरेकामा धन्यवाद दिएका छन् । एकै व्यक्तिले प्रहरीसँग घण्टौंसम्म भिड्न पुग्ने गरी गोली संकलन गरेकामा आश्चर्य व्यक्त गर्दै मेयर केन्नीले यो निकै खेदजनक छ भने ।

संयुक्तराज्य अमेरिकामा पछिल्ला वर्षहरुमा बन्दुकसँग सम्बन्धित हिंसा बढे पनि त्यसलाई नियमन गर्नेतर्फ पक्ष र विपक्षमा समाज र राजनीतिक क्षेत्र व्यापक रुपमा ध्रुवीकृत भएको छ । अमेरिकामा निकै शक्तिशाली मानिएको नेसनल राइफल एसोसिएसनले बन्दुक खरिदमा कडा नियम ल्याउने प्रस्तावलाई अस्वीकार गरिरहेको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस