२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार शालिकराम पुडासैनीको भिडियो सार्वजनिक, रवि लामिछानेसहित तीनको नाम

अ+ अ-

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएको छ।

भिडियो सार्वजनिक भएसँगै पुडासैनीको आत्महत्या प्रकरणले फरक मोड लिएको छ । चितवन प्रहरीले भिडियो सार्वजनिक गर्न अस्वीकार गरेका बेला पुडासैनीको परिवारले एक सञ्चारमाध्यममार्फत सार्वजनिक गरिदिएका हुन्।

पुडासैनीको रुँदै बोलिरहेको करिब ११ मिनेटको भिडियोमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन् । उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत बालुवा ठेकेदार, सिमेन्टलगायत ठुला कम्पनी र घरानाबाट करोडौँ कमाउने गरेको पनि उल्लेख गर्दै उनीहरूकै कारण आफूले यो अवस्थासम्म आई पुगेको बताएका छन् ।

‘रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने। कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पुर्‍याए। थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४–५ हजार खर्च हुने, कोठा भाडा, यताउता सबै त्यसैले पुर्‍याउनुपर्ने । प्यारी सम्झना, मैले कसरी सक्नु ! रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईँहरूलाई पाप लाग्छु, उनले भिडियोमा भनेका छन्, ‘केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरूको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलो चाँडो दुनियाँले तपाईँको असली रूप देख्नेछ ।

उनले यसबारे आफूसँग प्रमाण भएको बताउँदै मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईँको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईँलाई पोल्नेछ भनेका छन् ।

कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदै दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२-२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ।’ आफूलाई दुरुपयोग गर्न गरिएको योजनाबारे पनि उनी बोलेका छन्।

‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अस्ट्रेलिया पठाइदिन्छौँ भन्दै रालुका गाविस ओखलढुङ्गाकी अस्मिता कार्कीको पछि लगाए, उनले भनेका छन्, ‘त्यही केटीलाई मैले विपी स्मृति हस्पिटल वसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पुर्‍याइदिएँ। पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ। त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ। त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो। त्यस कारण म अब यस संसारमा यस्तै गरी बाँचिरहन चाहन्नँ।’

प्रतिक्रिया दिनुहोस