२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारिता र प्रजातन्त्र एक अर्काका परिपूरक : सभापति देउवा

अ+ अ-

पोखरा । नेपाली कांग्रेसका सभापति एव्म पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘दयाशङ्कर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७५’ बाट पत्रकार रवीन्द्रनाथ बाँस्तोलालाई सम्मान गरेका छन् ।

नेपाल पत्रकार महासंघकास्की शाखाद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले सो सम्मान गरेका हुन् । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेकोे स्मृतिमा स्थापित उक्त पुरस्कारको राशी रु ५५ हजार ५५५, सम्मानपत्र तथा दोसल्ला रहेको छ । २०५३ सालदेखि प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशी रु ३३ हजार ३३३ रहेकोमा यस वर्षबाट वृद्धि गरी रु ५५ हजार ५५५ पुर्‍याइएको छ ।

सो अवसरमा सभापति देउवाले पत्रकारिता र प्रजातन्त्र एक अर्काका परिपूरक भएको बताउँदै ‘जुन देशमा प्रजातन्त्र हुन्छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ, जहाँ स्वतन्त्र पत्रकारिता हुन्छ त्यहाँ प्रजातन्त्र हुन्छ भने ।’

उनले भने, ‘प्रजातन्त्र र स्वतन्त्र पत्रकारिता एक अर्काका परिपूरक छन् ।’ पत्रकारले लेख्न पाउने, बोल्न पाउने अधिकारलाई कुण्ठित गर्ने गरी सरकारले विधेयक ल्याउन लागिएको उल्लेख गर्दै उनले त्यस्तो विधेयकलाई कुनै पनि हालतमा पारित हुन नदिने बताए ।

सभापति देउवाले नेपाली सेना सुरक्षा परिषद्बाट परिचालन हुने गरेकोमा अहिले भने व्यक्तिगत रुपमा परिचालन गर्न खोजिएकोप्रति असन्तुष्टि व्यक्त गरे । कांग्रेसले प्रतिपक्षको भूमिका सशक्त रुपमा निर्वाह गरिरहेको बताउँदै उनले कम्युनिष्ट पार्टीले जस्तो कुर्सी भाँच्ने, रेलिङ तोडफोड गर्ने नभई शान्तिपूर्ण विधि र प्रक्रियाका माध्यमबाट अघि बढेको स्पष्ट पारे।

सभापति देउवाले वर्तमान सरकारले शक्ति केन्द्रित गर्ने गरी विभिन्न विधेयक ल्याएको बताउँदै गलत मनसायका साथ आएका मिडिया काउन्सिल विधेयक, गुठी विधेयकलगायतलाई संसद्बाटै रोकिने धारणा व्यक्त गरे ।

दयाशंकर पालिखेसहित पालिखे परिवारले देशका प्रजातान्त्रिक आन्दोलनमा गरेको महत्वपूर्ण योगदानको प्रशंसा पनि उनले गरे ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीले पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धमा समितिले पत्रकारहरुको हकहितमा महत्वपूर्ण कार्य गरेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले संसद्मा रहेको मिडिया काउन्सिल विधेयक संशोधनसहित आउने प्रतिबद्धता सरकारले गरेका कारण महासंघको आन्दोलन हाललाई स्थगित गरिएको उल्लेख गर्दै स्वतन्त्र प्रेस विरोधी प्रावधान हटाउनका लागि पहल गर्न सभापति देउवलाई आग्रह गरे ।

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले पत्रकारिता र प्रजातन्त्र एक अर्कासँग अन्तरसम्बन्धित भएको बताउँदै आफू सधैँ प्रेस स्वतन्त्रताका पक्षमा भएको धारणा राखे । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले लोकतन्त्रका मूल्य मान्यताबाट वर्तमान सरकारले पालना नगरेको बताउँदै यसको मूल्य मान्यतालाई आत्मसात गर्न आग्रह गरे ।

पुरस्कृत व्यक्तित्व रवीन्द्रनाथ बाँस्तोलाले आफूलाई गरेको यो सम्मानले अझै जिम्मेवार र क्रियाशिल बनाउने धारणा राखे । प्राप्त पुरस्कार राशीलाई बीउ पूँजी रहने गरी यसमा रकम थप गर्दै आफ्ना बाबुआमाको नाममा वार्षिक रुपमा प्रदान गर्ने गरी रु २५ हजार ५५५ को ‘विश्व–रेवती शिक्षा पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषणा गरे । सो पुरस्कारको सञ्चालन नेपाल पत्रकार महासंघ कास्की शाखाले गर्नेछ ।

पालिखे परिवारका सदस्य सुनयना पालिखेले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका स्व बुवा दयाशंकर पालिखेको स्मृतिमा आफूहरूले वर्षेनी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको बताए ।

पोखराको सामाजिक रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी स्व आमा उत्तराकुमारी पालिखेको स्मृतिमा आफ्नो परिवारले यसै वर्षदेखि सामाजिक जागरणमा क्रियाशिल एक जना महिलालाई वर्षेनी पुरस्कृत गर्ने गरी रु २ लाख ५० हजारको अक्षय कोष स्थापना गर्ने घोषणा पनि उनले गरे । अन्नपूर्ण एफ एम ९३ दशमलव ४ ले सञ्चालन गर्ने गरी सो पुरस्कार एफएमको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस