३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजार : नेप्से परिसूचक ओरालो

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबारमापक नेप्से परिसूचक ४.५५ अङ्कले घटेर एक हजार २५५.०९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अङ्कले घटेर २७१.०१ मा पुगेको छ ।

परिसूचक घटेसँगै कारोबार रकम पनि खुम्चेको छ । स्टक एक्स्चेन्जका अनुसार आज १६७ कम्पनीका १५ लाख पाँच हजार ५०६ कित्ता शेयर रु ४४ करोड ३२ लाख पाँच हजार ४८१ मा खरिद बिक्री भयो ।

कारोबार भएका कुल ११ मध्ये दुई उपसमूहको शेयरमात्र उकालो लागेको छ । निर्जीवन बीमा ३.४९ र सामूहिक लगानी कोषका शेयर ०.११ अङ्कले बढेको छ । त्यस्तै बैंकिङ २.८३, होटल ३.८६, विकास बैंक ३.४४, जलविद्युत् १.८२, वित्त ३.५२, उत्पादन १६.०९, अन्य २.१९, लघुवित्त २७.०२, जीवन बीमा २१.८४ अङ्कले ओरालो लागेको छ ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु दुई करोड ६९ लाख ७८ हजार ४० मा खरिदबिक्री भयो । त्यस्तै कृषि विकास बैंकको रु एक करोड ४३ लाख ८२ हजार २४५, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु एक करोड ७१ लाख २१ हजार १६२, छिमेकी लघुवित्त विकास बैंकको शयेर रु एक करोड ६९ लाख २८५ मा कारोबार भए ।

घटेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.०४ प्रतिशतले कमाए । त्यस्तै रिलायन्स फाइनान्स ३.३३, एनएमबी हाइब्रिड फण्ड–१ २.३७, युनिभर्सल पावर कम्पनी २.३३ र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले १.९९ प्रतिशतले कमाए ।

स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले गुमाए । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९.५६, गुराँस लघुवित्त वित्तीय संस्था ९.३२, मिथिला लघुवित्त वित्तीय संस्था ८.१० र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.१० प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस