त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा पौडेल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा पौडेल


प्रशासन विशेष ब्युरो

१९ श्रावण २०७६, आइतबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राध्यापक लालुप्रसाद पौडेल नियुक्त भएका छन् ।

त्रिवि भूगर्भ विभागका प्रमुख पौडेललाई शनिबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली उपचार लागि सिंगापुर उडनुअघि नियुक्ति दिएका हुन् ।

सेवा आयोगका सदस्यमा प्राध्यापक डा। हेमराज ढकाल नियुक्त भएका छन् । उनी शिक्षा शास्त्र संकायको शैक्षिक योजना तथा व्यवस्थापन समितिका सदस्य हुन् ।

शिक्षामन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको ३ सदस्यीय सिफारिस समितिले पौडेल र ढकालको नाम सिफारिश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस