वडा कार्यालयमा बम विस्फोट र आगजनी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वडा कार्यालयमा बम विस्फोट र आगजनी


प्रशासन विशेष ब्युरो

१५ श्रावण २०७६, बुधबार


काठमाडौँ । नुवाकोटस्थित एक वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट गरेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेर नष्ट भएका छन् ।

बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्मा लिएको छैन ।

यसबारे प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

त्यसै गरी रौतहटको चन्दपुर नगरपालिकास्थित गैंडाटारमा रहेको वडा कार्यालयमा मङ्गलवार मध्यरात अज्ञात समूहले आगजनी गरेको छ ।

आगजनीबाट कार्यालयमा रहेका सबै सामान जलेर नष्ट भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस