१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिक्रियावादीहरु परिवर्तन उल्ट्याउन लागे : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरु परिवर्तन उल्ट्याउन लागिपरेको बताएका छन् । नेत्रविक्रम चन्द समूहका नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराउँदै उनले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्ट्याउन केही तत्व लागिपरेको बताए ।

अध्यक्ष दाहालले भने, ‘अझै पनि प्रतिक्रियावादीहरु वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाएहुन्थ्यो भन्नेमा छन् ।’ जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले भने, ‘यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ ।’ उनले जनता र राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई रुचाउने सबै नेता तथा कार्यकर्ता एक ठाउँमा एकताबद्ध भएर यो व्यवस्थाको रक्षा गर्नुपर्ने बताए। उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताविरुद्ध षड्यन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन् ।’

संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफूहरु कोही पनि कमजोर नहुने उनको भनाइ थियो । ‘हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धिमा टेकेर अगाडि जाने भनेर आएको हो’, अध्यक्षले भने । क्रान्ति दुई/चार जनाको रहले नहुने उल्लेख गर्दै उनले समाजवाद स्थापना गर्ने उद्देश्यमा समाहित भएर अगाडि बढ्न सबैलाई आग्रह गरे । पार्टी प्रवेश गर्नेलाई उचित जिम्मेवारी दिइने उनले बताए ।

नवप्रवेशी सो समूहका ब्यूरो सदस्य रमण घिमिरेले क्रान्तिका नाममा आफूहरुले बाटो बिराएको महशुस भएपछि चन्द समूह परित्याग गरी नेकपामा प्रवेश गरेको बताए । नेकपा प्रवेश गर्नेमा ब्यूरो सदस्य घिमिरे, आवास मन्सुरी, सुरेशकुमार यादव, विनोद केसी, सुवास तिवारी, राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की र नमराज शर्मालगायत छन् ।

प्रतिक्रिया दिनुहोस