३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीद्वारा गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको भवन उद्घाटन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको आकस्मिक तथा बहिरङ्ग सेवा भवनको आज उद्घाटन गरेका छन् ।

भवन उद्घाटन पछि प्रधानमन्त्री ओलीले यस अस्पतालले कसैलाई भेदभाव नराखी उपचार गर्ने विश्वास व्यक्त गरे । ‘यस अस्पतालले देश वा नागरिकताका आधारमा होइन सबैलाई सबैलाई समान भावले उपचार गर्नेछ’ प्रधानमन्त्री ओलीले भने ‘अस्पतालमा उपचार गर्न आएका सबैलाई हामीले मानव जातीको रूपमा उपचार गर्नुपर्दछ ।’

२०५१ सालमा आफू गृहमन्त्री भएको बेला यस अस्पतालको निर्माणको प्रस्ताव आएको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् । ‘हृदय रोग उपचार केन्द्र निर्माण गरौंं भनेर डा. अरुण सायमीजीले प्रस्ताव ल्याउँदा म धेरै खुसी भएको थिएँ’ प्रधानमन्त्री ओलीले भने ‘भयावह हुँदै गरेको मुटु रोगको उपचार हुन सहज भएपछि धेरै जनाको ज्यान बच्ने भयो भनेर पनि मेरो रमाएको थियो ।’

प्रधानमन्त्री ओलीले यस प्रकारका उच्च प्रविधियुक्त अस्पतालहरूले हामीलाई विद्वान पुर्खाको विरासत तर्फ फर्काएको बताएका छन् । नेपालीका पुर्खा विद्वान भएका थुप्रै प्रमाण भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘पुर्खाहरूले प्रयोग र अनुभवबाट जडीबुटीलाई औषधीको रूपमा प्रयोग गरे । त्यतीबेला कुनै प्रयोगशाला थिएनन् । त्यस कारण जडीबुटीहरूलाई आफ्नै शरीरमा प्रयोग गरेर औषधी र विष छुट्ट्याउने हाम्रै पुर्खा हुन्’ प्रधानमन्त्री ओलीले भने ‘हाम्रा पुर्खाहरू अन्धविश्वासमा होइन प्रयोगमा विश्वास गर्दथे ।’

पुर्खाको विद्वता र ज्ञानलाई वर्तमान पुस्ताले पुनप्र्राप्ती गर्न थालेको प्रधानमन्त्रीको भनाइ छ । ‘हामीसँग पुर्खाहरूको जेनेटिक मेमोरी पनि छ । त्यस कारण पनि हामीलाई विद्वताका कुराहरू ग्रहण गर्न समय लाग्दैन’ प्रधानमन्त्री ओलीले भने ‘औषधी उपचार र अङ्ग प्रत्यारोपणमा हामीले पाएको सफलता त्यसकै एउटा उदाहरण हो ।’

प्रतिक्रिया दिनुहोस