१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल, कृषि र म : युवाको दृष्टिकोण

अ+ अ-

“आकाश गड गडाएर जब बर्सन्छ झर्झर
म किसान हलो बोकी निस्कन्छु अनि बाहिर…
..म नौलो सपना देख्छु, अन्न ऐश्वर्य ल्याउने
आफू बाँचेर धर्तीमा अरूलाई बचाउने”

कवि ‘दैवज्ञराज न्यौपाने’ को यो कवितांश हामीले सानो छँदा नेपाली किताबमा पढेका थिए। यो ‘किसान’ कविताको मर्म भने अहिले आएर बोध हुँदै छ। जीवनमा सबैभन्दा अचम्मको चीज त कहाँ देख्न पाइयो भने, मेरो जन्म एउटा कृषि प्रधान देशमा भएता पनि, मलाई धेरैले डाक्टर, इन्जिनियर, वकिल, पाइलट बन्ने सुझाव दिएस् “तर मानो रोपेर मुरी फलाउने” त्यो किसानको धर्म अपनाउन कसैले पनि सुझाव दिएनन्। आफ्नै हजुरबुवाका पाला सम्म कृषि पेसा अङ्गालेका परिवारले पनि, आजको दिनमा आइपुग्दा कसैले कृषि क्षेत्रमा रुचि नदेखाए पछि, कि त जमिन बेचिएको, कि त जमिन बाँझो बसेको हजारौँ उदाहरण हाम्रा सामुन्ने छन् ।

धानका बाला झुल्ने ती खेतहरूमा आज हामी इट्टा र सिमेन्टको थुप्रो ठडिएको देख्छौ । वास्तवमा हामीले हलो र जुवा, कुटो र कोदाली अनि माटो सँग खेल्न पर्ने भन्दै कृषिलाई सधैँ तल्लो दर्जामा राख्यौ । हामीले भुल्यौ कि, त्यहीँ किसान र कृषिका कारणले हामी हात मुख जोड्न सक्षम हुन्छौ । हाम्रो एक दिनको खाना भनेको कृषकको ३६५ को दिनको मिहिनेत हो, भन्ने कुरा हामीले बोध गर्न सकेनौ । खाद्यान्न उत्पादन गर्ने कृषि कर्मले किन यति हेला बेहोरिई रहेको छ ? किन कृषि निमुखाको मात्र भर हो भन्ने पूर्वाग्रहबाट हामी माथि उठ्न सकेनौ ? किन आङमा बल भएका ती जोसिला युवाको चाख कृषि प्रतिबाट हराउँदै गएको छ ? विभिन्न ठाउँमा प्लटिङ्ग र अन्य कारणले खेतीयोग्य जग्गा मासिँदै गएको छ । अन्न भण्डार भनेर चिनिने जिल्लाहरू आज भोलि ठुलो परिमाणमा खाद्यान्न आयात गर्न बाध्य छन् ।

भन्सार विभागका अनुसार, कृषि वस्तुको आयातमा नेपालले पछिल्लो आर्थिक वर्षमा २०० अर्वको सीमा नागेको छ । यो हाल सम्मको सबै भन्दा उच्च अभि लिखित तथ्याङ्क हो । आयात हुने वस्तुमा मुख्यतः ३९ अर्व खाद्यान्न, १८ अर्व तरकारी, १०.८१ अर्वको फलफुल, ५ अर्वको कपास, दाल ४४.५२ अर्व, तरकारी र तेल २९.७२ अर्व, कीटनाशक १५.२३ अर्व, चिनी र मिष्ठान्न १३.७२ अर्व, कफी, चिया र मसला १०.७४ अर्व रहेका छन् । एक अनुसन्धानले देखाए अनुसार मोरङ्मामा करिब ९५ हजार हेक्टरमा धान हुने गरेकोमा ७८ हजारमा झरेको छ । एकातिर हाम्रो खेती योग्य जमिन दिनानुदिन सीमित हुदैँछ र उत्पादन पनि घट्दै छ भने, अर्का तिर हाम्रो खाद्यान्न र कृषि वस्तुको आयात दिनानुदिन चुलिँदै छ । यसले हाम्रो अर्थतन्त्रलाई ठुलो दुर्घटना तर्फ लाँदै छ भन्ने आकलन हामी गर्न सक्छौ ।

नेपाल एक कृषि प्रदान देश हो। तर खरबौको आयात नगरे हामी कृषि प्रदान देशका नागरिक भोक( भोकै भौँताराइनु पर्ने अवस्था आउन सक्छ । अघिल्लो आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षका लागि कृषि क्षेत्रमा करिब १२ अर्वले बजेट वृद्धि गरिएको छ । बर्सेनि कृषिमा सरकारले लगानी बढाउँदै गए पनि सो पेसामा युवा जनशक्तिको अभिरुचि भने घट्दै गएको छ । हाम्रो ६६५ जनसङ्ख्या जिविको पार्जनको लागि कृषिमा निर्भर भईरहदा पनि किन घट्दै छ त कृषि प्रति युवाको अभिरुचि? हामी युवाहरूमा छोटो समयमै बढी पैसा कमाउने चाहना छ । तर कृषि एक दिने पेसा वा व्यापार होइन। त्यसै कारणले यो पेसा युवाहरू माझ आकर्षक देखिँदैन ।

समस्या यहाँ मात्र सकिँदैन । हामीले सफलता के लाई मान्यौ र हाम्रा लागि अवसरहरू के हुन् भनेर पहिलाउन नसक्नु हाम्रो सबै भन्दा ठुलो कमजोरी बन्न पुग्यो । सर्लक्क घुम्ने मेच माथि बस्नु र टिलिक्क परेको जुत्ता लगाउनु नै हाम्रो लागि सफलताको मापक बन्न पुग्यो । युवा जमात माझ के सोच बस्यो भने, समाजले उनीहरूलाई तब मात्र सम्मानको नजरले हेर्छ, जब उनीहरू कुनै नाम चलेका कम्पनी वा सरकारी जागिरमा आबद्ध हुन्छन् । कोही मानिस टेबल अगाडि बसी काम गर्छ भने हामी त्यो मानिसलाई ‘सफल’ भन्छौ, तर दिन भर खेतमा माटो समाई काम गर्ने मानिसलाई हामी असफलताको संज्ञा दिन्छौ । कथमकदाचित कुनै युवाले कृषि पेसा अङ्गाल्ने सोच राख्छ भने पनि उसलाई परिवारले त्यो काम गर्न रोक लगाउँछन् । हामी कृषिलाई पेसागत रूपमा अङ्गाल्न असुरक्षित र असहज महसुस गर्दछौ। हामीमा आरामदायक, परिष्कृत र विलासी जीवन जिउने इच्छा छ। खुसी भनेको जागिर वा व्यापारले मात्र प्रदान गर्छ, कृषिले होइन भन्ने हाम्रो सोच छ ।

कृषि क्षेत्रमा हाम्रो मुख्य समस्या मध्य, प्रविधिको विकाश नहुनु र सीमित प्रविधिको पहुँच पनि नहुनु र पहुँच भएका ठाउँमा ज्ञानको कमी हुनु हो । त्यस माथि, सक्रिय जनसङ्ख्या र कुशल जनशक्त्तिको कृषि क्षेत्रमा ज्यादै कम सहभागिता रहेको छ। सँग-सँगै बजार र यातायातको विस्तार नहुनु पनि कृषि परनिर्भरताका प्रमुख कारण हुन्। सीमित व्यक्तिका हातमा प्रचुर जमिन हुनु र भएका जमिनको समेत उपयोग नगर्नुले कृषिमा परनिर्भरता बढेको बुझिन्छ। कृषि क्षेत्रको अनुसन्धान गर्न, कृषकको आय स्तर बढाउनका लागि , विभिन्न कार्यक्रम नभएका होइन्न तर, कार्यक्रमका नाममा बजेटको दुरुपयोग भएको पनि देखिन्छ। कृषिजन्य वस्तुको उत्पादन बढाएर, मुलुकलाई आत्मनिर्भर बनाउन युवाको संलग्नता अपरिहार्य हुन्छ। उन्नत बिउबीजन कार्यक्रम लागु गर्न, खाद्य सुरक्षा कार्यक्रम बनाउन, धेरै आयोजनाहरू बने तर युवा जनशक्तिको तत्परताको अभावमा फाट्टफुट्ट देखा पर्ने यस्ता कार्यक्रम पनि त्यति प्रभावकारी नभएको देखा पर्छ ।

युवा वर्गलाई कसरी कृषि क्षेत्रमा आर्क्सित गर्ने त ?

१. पाठ्यक्रम, सीप र कृषि प्रतिको सम्मान
हाम्रो सबै भन्दा आधारभूत आवश्यकता ‘खाना’ किसानबाट पूरा हुन्छ। तर यही श्रमलाई हामी सबै भन्दा बढी हेला गरी रहेका छौ। पहिलेको पाठ्यक्रममा कृषि विषयको पढाई हुन्थ्यो। हामी भन्दा एक पुस्ताअघि कृषिलाई व्यवसायीकरण कसरी गर्ने भन्ने कुराको अध्यन अध्यापन हुन्थ्यो। कुटो कोदाली कसरी चलाउने देखी लिएर, मल र बीउको बारेमा ज्ञान आर्जन गर्न सक्ने माहौलको व्यवस्था थियो। हाम्रो पालामा आई पुग्दा हामी कुटो र कोदालीको फरक छुट्टाउन नसक्ने अवस्थामा छौ । बदलिएको पाठ्यक्रमले ‘कृषि’लाई समावेश गर्न नसकेको देखिन्छ ।

चीनमा लेखक ‘ब्रुष डलरले’ प्रारम्भिक बाल हेरचाहमा गरेको सर्वेक्षण अनुसार, त्यहाँ एउटा बच्चाको लागि कम्तीमा पनि एउटा खेलौना हुन्छ र ती खेलौना कामदार, किसान वा सिपाहीको हुन्छ। छनोट गरेर मात्र बच्चाहरूलाई खेलौना दिइन्छ । यसरी सानै देखि बच्चाहरूलाई किसान, कामदार जस्ता खेलौना दिई, कामलाई आदर्शित गर्न सिकाइन्छ । कुनै पनि काम ठुलो वा सानो हुँदैन। कृषि निमुखा र विश्वविद्यालय शिक्षामा दाखिल नभएका मानिसले मात्र अपनाउने पेसा हो भन्ने हाम्रो मानसिकता छ । कृषि पेसालाई सम्मानजनक पेसाको रूपमा स्थापना गर्न सकेमा युवामाझ कृषिको आकर्षण बढ्नेछ। श्रम प्रतिको आदर मनोवैज्ञानिक भए पनि, यसको विकाश नभए सम्म कृषि क्षेत्र र कृषक प्रतिको नकारात्मक पूर्वाग्रह बदल्न सकिँदैन। यो सोच परिवर्तनका लागि, पाठ्यक्रम परिमार्जनले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

२. बजार व्यवस्थापन र बिचौलियास
बिचौलियाको मनपरीले किसानहरूले आफूले मिहिनेत गरे जतिको कमाइ प्राप्त गर्न नसकी रहेको अवस्था छ । किसानबाट सस्तो मूल्यमा सामान किन्ने र उपभोक्ताबाट अचाक्ली मूल्य बिचौलियाहरूले असुल्ने गरेका कारणले कतिपय अवस्थामा किसानबाट बजारसम्म आउँदा तरकारीको मूल्य दोब्बर भएको देखिन्छ । किसान र उपभोक्ता दुवै जना मारमा छन् । यता किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकी रहेका छैनन् भने उता उपभोक्ता महँगोमा उपभोग्य वस्तु किन्नका लागि बाध्य छन् । लगानी गरे अनुरूपको फल प्राप्त नहुने अवस्थाले युवालाई कृषि क्षेत्रमा लाग्न बाट निरुत्साहित गर्दछ । यति धेरै निराशाका बाबजुद पनि युवाले विभिन्न ठाउँमा देखाएको प्रयासहरू उदाहरण बनेर अन्धकारमा सानो आशाका किरण झै देखा परेका छन् । ठुलो मात्रामा उत्पादन गरेर निर्वाहमुखी मात्र नभई मनग्य आमदानी गरी रहेका व्यक्तिहरूको उदाहरण, हाम्रै सामुन्नेमा छ । यी मुस्ताङको भारताङ्मा ७३५ रोपनी जग्गामा करिब ४ लाख किलो स्याउको उत्पादन गरी, युवाहरूले मनग्य आम्दानी गरी रहेका छन्। कालिज र ट्राउट माछा पालन गरेर करोडौँ आम्दानी गर्ने युवा सगँसगैँ ड्रागन फुर्ट, एभोकाडो ,कफी, किवी खेती गरेर देशमा मात्र नभई विदेशमा पनि निर्यात गरी सानै भए पनि योगदान यी खेती गर्ने युवाले दिएका छन् । एक गाउँ एक उत्पादन जस्तो प्रभावकारी कार्यक्रम सरकारले सञचालन गर्न सके ठुलो मात्रामा उत्पादन हुने देखिन्छ, जसका कारणले बजार व्यवस्थापन गर्न पनि सजिलो हुन्छ, र यसले देश भित्रको मागलाई पूर्ति गर्दै, विदेशमा आयात गर्ने वातावरणको पनि सृजना गर्छ।

३. अनुदानको व्यवस्था, सहज कृषि ऋण र ‘मास प्रडक्सन’स
युवाले कृषि क्षेत्रमा कतिपय अवस्थामा रुचि देखाए पनि विभिन्न समयमा पूजीँ अभाव जस्ता कारणले पनि उनीहरूलाई कृषि पेसा अङ्गाल्न गाह्रो भई रहेको छ । आजको युगमा हामीले पहिला जस्तो हलो र कुटो चलाएर निर्वाह मुखी कृषि मात्र गर्न सक्छौ भन्ने दिन गई सके । आजको समयमा ‘मास प्रडक्सन’ गर्नका लागि मुख्य कुरा भनेको आधुनिक उपकरणहरू हुन् । आधुनिक उपकरणहरू बिना हामीले कृषि क्रान्ति अथवा कृषिमा ठुलो फड्को मार्न सक्दैनौ । आधुनिक उपकरणका लागि किसानलाई चाहिने भनेको पूजीँ हो जुन नेपाली कृषक सँग धेरै कम छ। पूजीँ निर्माण गर्न विभिन्न सहकारी सगँसंस्थाले पहल गरेको देखिन्छ तर ‘मास प्रडक्सन’ गर्नलाई ठुलो पूजीँ चाहिने हुनाले, कतिपय अवस्थामा वैकंहरुले किसानलाई विश्वास नगरेर ऋण प्रवाह नगरेको देखिन्छ । यत्तिको निराशा हुँदा हुँदै पनि आगामी वर्षको प्रस्तुत बजेटमा भने केही झिनो आस देखिन्छ। सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुनर्संरचना गरी विस्तार गर्न ८ अर्व १० करोड विनियोजन गरेको छ। युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने र उद्दमशीलता जन्माउने हो भने सरकार र सरोकारवालाले वित्तीय र आधुनिक प्राविधिक सहयोग, बजार व्यवस्थापन र बिमा गरेर बाली संरक्षण गर्न जरुरी छ ।

अन्त्यमा,
हाम्रो देशको कृषि क्षेत्रमा देखिएको सबै भन्दा ठुलो चुनौती कृषिलाई निर्वाह मूलकबाट व्यवसायीकरण तर्फ लैजान नसक्नु हो । जब सम्म कृषिमा व्यापक उत्पादन हुन सक्दैन, तब सम्म कृषकले मनग्य आम दानी गर्न सक्दैनन् र अहिलेको जमानामा सबै बस्तु पैसामा किनबेच हुने भएकाले जुन पेसामा मनग्य आमदानी छैन, त्यस पेसामा मानिस रही रहन सक्दैन। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यक्रम विस्तार गरिने योजना यस वर्षको बजेटमा उल्लिखित छ । सहकारी मार्फत रेसम, कपास र उन खेतीको लागि, उत्पादन र प्रशोधन कारखाना स्थापनाका लागि अनुदानको व्यवस्था र मझौला तथा साना किसान उद्यमीको सुलभ कर्जामा सहज पहुँच पुर्‍याउने कार्यक्रम पनि यसै बजेटमा अघि सारिएको छ ।

देशको राजनीतिक, सामाजिक र आर्थिक विकाशका लागि, युवाहारुको भूमिका निकै नै महत्त्वपूर्ण हुन्छ । अहिलेको समयमा युवा प्रविधि सँग सामिप्यतामा छन् । त्यसै कारणले कृषि र प्रविधिलाई जोड्नका लागि युवाको प्रयोग गर्न सक्नु पर्छ । हामीमा खेती किसानी भनेको, घामको तल पसिना काढ्दै गर्नु पर्ने श्रम हो भन्ने पूर्वाग्रह छ । कृषि प्रतिको यो छवि बदल्नका लागि युवा माझ कृषि प्रविधिको परिचय दिन आवश्यक छ । अब युवालाई आधुनिक कृषि क्रान्तिको अभियन्ता बनाउन जरुरी देखिन्छ । कृषि क्षेत्रको विकाशको बागडोर युवाको हातमा दिने हो भने मात्र अब कृषि क्षेत्रको विकाश सम्भव देखिन्छ ।

प्रतिक्रिया दिनुहोस