१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा चार प्रहरीसहित छ जना मारिए

अ+ अ-

फराह, अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा भएको झडपमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ । यसरी मारिनेमा चार जना प्रहरी पनि परेको बताइएको छ ।

उक्त प्रान्तको दाराबाद भन्ने स्थानमा यहाँका प्रहरी र तालिबानबीच गोली हानाहान भएको बताइएको छ । त्यस क्रममा मङ्गलबार अपरान्ह छ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

दाराबाद जिल्लाको सुल्तान मिरमा रहेको प्रहरी चौकीमा तालिबानहरुले हमला गरेका थिए । हतियारसहित ठूलो संख्यामा आएका तालिबानहरुले त्यस प्रहरी चौकीमा हमला गरेपछि दोहोरो भिडन्त भएको थियो ।

भिडन्तका क्रममा चार जना प्रहरी र दुई जना तालिबान मारिएका सो जिल्लाका प्रहरी प्रवक्ताले जानकारी दिएका छन् । केही घन्टा उक्त भिडन्त चलेको थियो । त्यस क्रममा अरु दुई जना प्रहरी र चार तालिबान घाइते भएका छन् ।

अफगानिस्तानको फराह प्रान्तमा तालिबानहरु विगतदेखि नै सक्रिय रही आएका बताइन्छ । यो पछिल्लो झडपको विषयमा उनीहरुले कुनै प्रतिक्रिया दिएका छैनन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस