४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता शुरु

अ+ अ-

कास्की । पोखरामा आजदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा नेकपा कास्की र नेपाल राष्ट्रिय वाणिज्य सङ्घको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास र विस्तार तथा खेल क्षेत्रमा समृद्धि प्राप्त नगरेसम्म देशमा सोचेजस्तो समृद्धि हासिल गर्न नसकिने स्पष्ट पारे । गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पुष्पलालको विचार अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

नेकपा कास्कीका नेता दामोदर वैरागीले एकताबद्ध कम्युनिष्ट पार्टी बनाउने पुष्पलालको सपना अहिले पूरा भएको र दुई तिहाई मतसहितको वर्तमान सरकारले जनचाहना पूरा गर्ने बताए । विगत वर्षमा प्रदेश र जिल्लास्तरीय प्रतियोगिता गरिएकामा यस वर्षदेखि राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा भेट्रान्सतर्फ ४५ वर्षभन्दा बढी र ५५ वर्षभन्दा बढी उमेर समूहको खुला तथा गण्डकी प्रदेशस्तरीय पुरुष डबल्स खुला र जिल्लास्तरीय पुरुष डबल्समा खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । राष्ट्रिय खुलामा प्रथम, द्वितीय र तृतीयले क्रमशः रु ५० हजार, रु ३० हजार र रु १० हजार, खुला गण्डकीस्तरीय र खुला भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस