समायोजित कर्मचारीको कासमू पूर्वकै सेवा, सर्त र सुविधा बमोजिम हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

समायोजित कर्मचारीको कासमू पूर्वकै सेवा, सर्त र सुविधा बमोजिम हुने


प्रशासन विशेष ब्युरो

७ श्रावण २०७६, मंगलबार


समायोजन

काठमाडौँ । स्थानीय तह, प्रदेश तथा सङ्घमा समायोजन भएका कर्मचारीहरूको सेवा, सर्त र सुविधा सम्बन्धी व्यवस्था समायोजन हुनु पूर्वको सेवा, सर्त र सुविधा बमोजिम नै हुने भएको छ ।

कार्यसम्पादन मूल्याङ्कन फाराम(कासमू) भर्ने आज अन्तिम दिनको अघिल्लो दिन हिजो सोमबार एक परिपत्र जारी गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो कुरा जानकारी गराएको हो ।

सङ्घीय मन्त्रालय तथा प्रदेश मन्त्रालय अन्तर्गतका आयोग, सचिवालय, विभाग, निर्देशनालय तथा सबै कार्यालयहरू, जिल्ला समन्वय समिति र स्थानीय तहलाई सम्बोधन गरी जारी गरिएको परीपत्रमा भनिएको छ -‘कर्मचारी समायोजन ऐन, २०७५ को दफा १५ को उपदफा २ बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा, सर्त र सुविधा सम्बन्धी कानुन नबनेसम्मको लागि समायोजन हुने कर्मचारीको सेवा, सर्त र सुविधा सम्बन्धी व्यवस्थाहरू समायोजन हुनुपूर्वको सेवा, सर्त र सुविधा बमोजिम नै हुने भन्ने उल्लेख भए अनुसार समायोजन भएका कर्मचारीहरूले साबिक बमोजिमकै ढाँचाको कार्य सम्पादन मूल्याङ्कन फारम भरी सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय, विभाग, निर्देशनालय तथा कार्यालयमा दर्ता गर्ने/गराउने व्यवस्था मिलाउनु हुन आदेशानुसार अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस