१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटनामा परी भारतमा ९ को मृत्यु, १२ घाइते

अ+ अ-

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

आइतबार राति भएको घटनामा परी अरु १२ जना घाइते पनि भएको प्रहरी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

तीब्र गतिमा आइरहेको एउटा सवारी साधनले अर्को गाडीलाई ठक्कर दिएर दुर्घटना भएको जनाइएको छ ।

उत्तर प्रदेशको राजधानी लखनउदेखि ५३६ किलोमिटर टाढा पर्ने हापुर जिल्लाको हाफिज्पुर भन्ने ठाउमा दुर्घटना भएको हो ।

प्रहरीले मृतक मध्ये केही बालबालिका पनि रहेको जनाएको छ । गाडी (भ्यान)मा रहेका यात्रु वैवाहिक कार्यक्रमबाट फर्किएका थिए ।

“घाइतेको अस्पतालमा उपचार भइरहेको छ, उनीहरूलाई हापुरस्थित जिल्ला अस्पतालमा राखिएको छ,’ एक प्रहरीले भने ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका केहीलाई भने मिरुत अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको, दोषीको खोजी भइरहेको र दोषीलाई कारबाही हुने दावी गरेको छ ।

प्रदेशका मुख्य मन्त्री योगी आदित्यले पनि मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
भारतमा चालकको लापर्वाही, सडक नियमको उल्लङ्घन, सडकको खराब अवस्था, तीव्र गति, सवारी साधनको खराब अवस्था लगायतका कारणले धेरै दुर्घटना हुने गरेको छ ।

भारतमा सडक दुर्घटनाका कारण देशभरी औषतमा दैनिक चार सय जनाको मृत्यु हुनेगरेको सरकारी तथ्याङ्क रहेको अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस