२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक वर्षको शुभ कामना

अ+ अ-

शुभ कामना छ हजुरहरू सबैलाई, सबैभन्दा पहिले बितेको आर्थिक वर्षको । त्यसमा पनि सबैभन्दा पहिले म प्रत्येक सरकारी कार्यालयका हाकिम र लेखाअधिकृत, लेखापाल लगायतकालाई धेरै शुभकामना दिन चाहन्छु । अनि भण्डार फाँट सम्हालेका भण्डारेहरुलाई पनि शुभलाभको सुरिलो शुभकामना दिन चाहन्छु । मेरो व्यक्तिगत तर्फबाट दिएको शुभकामनाले हाकिम साहेब र लेखामा काम गर्ने सबैको अनि भण्डारेको पनि भण्डारमा कसैको आँखा नलागोस् फेरि शुभ कामना ।

अहिले एउटा आर्थिक वर्ष सकिएर अर्को आर्थिक वर्ष सुरु भएको समय छ । जिल्लाका सिडियो साहेवहरुले आफ्नो जिल्लामा रहेका सरकारी अड्डाका हाकिम साहेबहरूलाई आ.व.को शुभ कामना दिने कार्य धमाधम जोडतोडका साथ भइरहेको छ । व्यापार सङ्घका पदाधिकारी गाउँपालिका, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, गैर सरकारी सङ्घ संस्थाका प्रमुख लगायतकालाई आर्थिक शुभ कामना दिने क्रम बढेको छ । साउने सङ्क्रान्तिको शुभ कामना दिएको भए त चार्ड पर्व विशेषमा सुहाउँदो हुन्थ्यो होला । तर आर्थिकतालाई प्राथमिकतामा राखेर सिडियो सावहरुले जिल्लाका हाकिमहरूलाई शुभ कामना दिनु प्रशासनिक अनुशासन हो वा कुशासन–घुशासन के हो ? त्यो नेपाल सरकारले छुट्ट्याओस् ।

असार मसान्त कसैका लागि कामको चटारोको समय हो भने कसैका लागि आर्थिक सङ्कलन गर्ने हिसाब फर फराक गर्ने अनि गोजी, झोली ट्याङ्का, ब्याङ्का भर्ने काम हुन्छ । सरकारी अड्डामा असार मसान्त भनेको दसैँ आए जस्तो हुन्छ । अझ सिडियो साहेबहरूका लागि त महादशै हो असार मसान्त । जिल्लाभरिका हाकिमहरूले सिडियो साहेबहरूसँग आर्थिक वर्षको अन्त्यमा दर्शनभेट गर्नु पर्छ । यदि दर्शन भेट भएन भने भोलि हाकिमहरूका अगाडि बकतम वा लिखितम् भुईँचालो आउन सक्छ । त्यसैले सिडियो साहेबहरूले हामी साहेबहरूलाई आर्थिक वर्षको शुभ कामना दिएको हुन सक्छ ।

कसैलाई आर्थिक वर्ष दसैँ महादशै भएको छ भने कसैका लागि बसै हिँड्ने वर्ष पनि भएको छ । असारे विकासको भेलमा खेल खेलेर हातमा नेलको गहना लगाएर रमाउने चलन पनि हामीमा छ । झरीसँगै बग्ने असारे विकासलाई कसारझैँ सारो र गाह्रो पार्न सबैले सकेको देखिन्न । साँझ गरेको विकास बिहान उठेर हेर्दा निकास भएको खबर हामी सबैले सुनेका छौ, देखेका छौ र भोगेका छौ । सुनाई भन्दा पनि देखाई र भोगाईकन कुरालाई यहाँ जोगाइका लागि प्रस्तुत गर्नु उचित ठानेको छु । सिडियो सावहरुलाई आर्थिक वर्षको उपहार टक्र्याउनु असारे विकासको जोगाई हो । यो आर्थिक वर्षको शुभ कामना जिल्लातिर मात्र होइन निर्देशनालय, विभाग, मन्त्रालयतिर पनि सरेको छ भन्दा कुनै अन्याय हुँदैन र फरक पनि पर्दैन ।

महालेखादेखि कनिष्ठ लेखासम्म पुग्ने आर्थिक वर्षको शुभकामना अधुरो र अपुरो भयो भने त्यसले सम्बन्धित अड्डामा भुईँचालो ल्याउँछ । कतै ठुलो त कतै सानो भुईँचालो जान्छ । कति रेक्टर स्केलको भुईँचालो जान्छ भनेर कसैले सोधे भने म निर्धक्कसँग भन्छु आर्थिक वर्षको शुभ कामनामा जाने भुईँचालो रेक्टर स्केल बिनाको हुन्छ, यसको मापन हुँदैन ।

महालेखा, कनिष्ठ लेखाले गर्ने मापन, विभाग, निर्देशनालय र जिल्लाले गर्ने मापन फरक हुन सक्छ । अझ भन्नै पर्ने कुरा केहो भने योजना आयोजना वा प्राविधिक कार्यालयहरूलाई त आर्थिक वर्षको शुभ कामनाले बढी पिरोल्छ । गाउँपालिका, नगरपालिकाका प्रमुखहरू अनि प्राविधिक कार्यालयका हाकिम वा इन्जिनियरहरूले पेस गरेको बिल पास भएन भने आर्थिक वर्षको शुभ कामना नै खल्लो भएर आउँछ । तर जे जे भए पनि जिल्लाका सिडियो साव, विभागीय वा निर्देशनालय प्रमुखलाई आर्थिक वर्षको शुभ कामना त टक्र्याउनु नै पर्दछ । शुभ कामना लिनु दिनु र टक्र्याउनुमा फरक छ । शुभ कामना लिनेहरुले दिने वा टक्र्याउने शुभ कामना एक आर्थिक वर्षका लागि हो पुरै जागिर अवधिका लागि होइन ।

आर्थिक वर्षको शुभ कामना भन्सारमा जागिर खाएर संसार नदेख्नेहरूलाई पनि दिइन्छ । व्यापारीले व्यापारीलाई दिदैनन । व्यापारीले कर्मचारीलाई दिन्छन् तर सदाचारी र ब्रह्मचारीलाई यसका बारेमा मेलोमेसो नै थाहा हँुदैन । समाजमा हुने आर्थिक क्रियाकलापसँग गाँसिएको यो आर्थिक शुभकामना अर्थ संसारसँग सम्बन्ध नभएकाहरूका लागि पनि अर्थपूर्ण हुन्छ । अर्थको कुरा हो त्यसै पनि अर्थपूर्ण हुन्छ । अर्थको अर्थ बुझ्न सबलै बुझ्न सक्दैनन् । अर्थ भनेको लाभकारी वा शुभलाभका कुरा मात्र हो भनेर बुझ्नेहरूले यो मुलुकलाई सधैँ दोहन गरिरहेका छन् । ती दोहनकारीहरुनै यतिवेला आर्थिक वर्षको शुभ कामना आदान प्रदानमा व्यस्त भएका छन् । कसैका लागि यो मुलुक बाह्रै महिना दुहुनो गाईका रूपमा रहेको छ भने कसैका लागि सतीले सरापेको मुलुकका रूपमा रहेको छ ।

घुमाउरो पारामा विभाग, निर्देशनालय वा जिल्लाका सिडियोले आर्थिक वर्षको शुभकामना दिनुको साटो अड्डाको प्रगति प्रतिवेदन अनिवार्य पेस गर्न ह्वीप जारी गर्ने चलन पनि चलाएका छन् । सिडियो सावले प्रत्येक महिनाको कार्यालय प्रमुखहरूको बैठकमा जिल्लाका हाकिमहरूलाई आ–आफ्नो अड्डाको प्रगति विवरण पेस गर्नु भन्नुको अर्थ अर्थपूर्ण नै हुन्छ । प्रत्येक महिनाको बैठकमा यसरी प्रगति विवरण खोज्नु कति न्याय सँगत हो ? अड्डाको कार्य प्रगति विवरण खोज्नु न्यायोचित भए पनि अर्थका लागि प्रगति विवरणको बहाना बनाएर जिल्लाका हाकिमहरूलाई तनावमा राख्नु, आर्थिक वर्ष अन्त्यको शुभ कामना दिनुको अर्थको अर्थ के हो ? यो पनि बहसको विषय बनाइनु पर्दछ ।

बहस धेरै प्रकारका हुन्छन् । अर्थको बहस तहस नहस हुने गरी बहस गर्नु वा हुनु उचित होइन । अर्थ न बर्थको बहसले कुनै अर्थ राख्दैन र अर्थपूर्ण बहसका लागि चेतनशील नागरिकसँग सामर्थ्य हुनु पर्दछ । अर्थको बहसले एउटा दिशानिर्देश गरेको हुन्छ । जुन दिशामा हिँड्दा हाम्रो उद्देश्य पुरा हुन्छ र भविष्यका लागि निश्चित बाटो निर्धारण गरेको हुन्छ । तर आर्थिक वर्षको शुभ कामनासँग गाँसिएको विषय भने गम्भीर भएकोले आचार संहिता अचार सहितको परिकारमा परिणत भएको होकि भन्ने आशङ्का उब्जिएको हुँदा आर्थिक वर्षको शुभ कामनामा सिडियो सावहरुले वा निर्देशनालय विभागका प्रमुखहरूले केही बिचार गर्नु पर्ने अवस्था आउन सक्छ अन्यथा अख्तियारले बिचार गर्नु पर्ने अवस्था आयो भने सिडियो सावहरुको के हविगत होला ? यो कुरा सामान्य प्रशासनले बुझ्ने होकी अर्थ मन्त्रालय वा अन्य सम्बन्धित मन्त्रालयले बुझ्ने हो त्यो गर्भभित्र वा बाहिरबाट प्रस्ट हुनु जरुरी छ । आर्थिक वर्षको शुभ कामना वा प्रगति विवरण त्यसै पचाउन पाइन्न ।

प्रतिक्रिया दिनुहोस