२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले किबीको बिरुवा नष्ट हुँदा करोडको क्षति

अ+ अ-

बनेपा । बनेपा नगरपालिका–१० थापागाउँमा रहेको बुद्ध फलफूल नर्सरी फार्ममा अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढी पसेर किबीको बिरुवा नष्ट हुँदा करीब रु एक करोड बराबरको क्षति भएको छ ।

दुई लाख वटा बिरुवा उमार्ने गरी पाँच वटा टनेलमा बीउ राखिएकोमा बाढीले नष्ट गरेपछि करीब रु एक करोड बराबरको क्षति भएको बुद्ध फलफूल नर्सरीका सञ्चालक शम्भु तामाङले बताए । तीन रोपनी जग्गामा भाडामा लिएर पाँच वटा टनेलमा उत्पादन गर्दै आएको किबीको बिरुवा विभिन्न जिल्लामा पु¥याउने लक्ष्यका साथ काम गर्दै आएको छ । अघिल्लो वर्ष पनि पाँच वटा जिल्ला रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु र मकवानपुरका लागि आएको मागका आधारमा बिरुवा उत्पादन गरी बिक्री गरेको उहाँको भनाइ छ ।

यस वर्ष पनि बागवानी विकास केन्द्र, फलफूल विकास निर्देशनालय किर्तिपुरबाट आएको मागअनुसार विभिन्न जिल्लामा पुर्‍याउने गरी दुई लाख वटा बिरुवा उत्पादन गरेको उनको भनाइ छ ।

“एकदम राम्रोसँँग फस्टाउँदै आइरहेको थियो, पानी परेको बेलामा बाढी पसेर सबैजसो सखाप पार्‍यो ।” उनले भने, “एक लाख पचास हजार वटा बिरुवा रहेकोमा एक लाख वटाभन्दा बढीमा क्षति पुगेको छ ।”

उनको नर्सरीमा उत्पादन गरेको किबीको बिरुवा प्रतिबोट रु १०० को दरले बागवानी विकास केन्द्र, फलफूल विकास निर्देशनालयले खरीद गरेर विभिन्न जिल्लाका किसानको मागको आधारमा वितरण गर्दै आएको छ ।

उनले भने, “एकातिर सरकारले विभिन्न जिल्लाका किसानको मागलाई पूर्णता दिन सकेन, अर्कोतिर आफ्नो लगानी पनि डुब्यो ।” अर्को ठाउँमा भएको नर्सरीमा रहेको पचास हजार बोट बाँकी छ ।

नेपालमा चार÷पाँच थरीको किबी खेती गर्दै आएको उनको भनाइ छ । सरकारको नियमअनुसार १०० प्रतिबोट बिक्री गर्ने भए पनि आफूले बाहिर बेच्दा प्रतिबोट दुईदेखि तीन सयसम्ममा बिक्री गर्दै आएको उनको भनाइ छ ।

यससँगै उनले सुन्तला, जुनार, कागती, एबोकाँडो, हलुवाबेद, नास्पाति, मधेसी बदाम, मेकाडेमीनट लगायतको फलफूलका बिरुवा उत्पादन र बिक्री गर्दै आएका छन् ।

नेपालमा नै पहिलो पटक किबीको बिरुवा उत्पादनको काम शुरु गरेको उनले विसं २०५८ बाट अलिअलि उत्पादन गरेको र २०६०÷०६१ सालबाट व्यावसायिक रुपमा नै बिक्री गर्दै आएको बताए ।

त्यसबेला स्वयंसेवी जापानीहरु नेपालमा आउने बेलामा बीउ राख्ने तरिका सिकाएको र पछि आफै जापान पनि गएर एक हप्तासम्म सिकेर आएपछि नेपालमा नै किबीको बीउबाट बिरुवा उमारेर व्यावसायिक रुपमा नै बिक्री गर्दै आएको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस