२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पतालको सेवा पुनः सञ्चालन गर्न माग गर्दै स्थानीय आन्दोलित

अ+ अ-

डडेल्धुरा । चार दिनदेखि बन्द रहेको डडेल्धुरा अस्पतालको सेवा पुनःसञ्चालन गर्नुपर्ने माग गर्दै डडेल्धुरा सदरमुकामका स्थानीयवासीले आइतबार जुलुस प्रर्दशन गरेका छन् ।

विगत चार दिनदेखि अस्पतालको ओपीडी सेवा बन्द हुनुका साथै डाक्टरले जिल्ला छोडेपछि अस्पतालको सेवा ठप्प भएको भन्दै तत्काल अस्पतालको सेवा पुनःसञ्चालन गर्नका लागि जिल्ला सदरमुकामवासीले आन्दोलन गरेका हुन् ।

बागबजारबाट निकालिएको र्‍यालीले जिल्ला प्रशासन कार्यालयमा पुगी अस्पतालको सेवा तत्काल सञ्चालन गरी मानिसको स्वास्थ्य सेवा पाउने अधिकारको रक्षा गर्न माग गर्दै डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । तत्काल अस्पतालको सेवा सञ्चालन नगरे कडा आन्दोलनमा उत्रिने स्थानीयवासी प्रकाश जैरुले बताए । अस्पतालको सेवा पुनःसञ्चालन गर्नका लागि पहल भइरहेको प्रजिअ पौडेलले बताए ।

अस्पतालमा ढुङ्गामुढा गर्नुका साथै डाक्टरमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै डडेल्धुरा अस्पतालका नि मेसु जीतेन्द्र कँडेलबाहेकका अन्य १० जना डाक्टरले जिल्ला छोडेपछि डडेल्धुरा अस्पतालको ओपिडी सेवा पूर्णरुपमा बन्द हुँदा आकस्मिक सेवासमेत प्रभावित बनेको छ । चार दिनदेखि अस्पतालको ओपिडी सेवा बन्द हुँदा डडेल्धुरासहित सुदूरपश्चिमका अन्य छ पहाडी जिल्लाका बिरामी मर्कामा परेका छन् ।

डडेल्धुरा अमरगढी नगरपालिका–११ का रमेश खड्काको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि उपचारका लागि भारत लग्दै गर्दा बाटोमै मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा शव परीक्षण गर्दा मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा ढुङ्गामुढा गर्नुका साथै डाक्टरमाथि हातपात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस