आठ लाख घुससहित विपी प्रतिष्ठानका उपकुलपति रौनियार अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आठ लाख घुससहित विपी प्रतिष्ठानका उपकुलपति रौनियार अख्तियारको नियन्त्रणमा


प्रशासन विशेष ब्युरो

२६ असार २०७६, बिहिबार


काठमाडौँ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई अख्तियारले नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उपकुलपति रौनियारलाई आठ लाख घुस रकमसहित कार्यालय परिसरमै रहेको उनको निवासबाट रंगेहात पक्राउ गरिएको हो ।

रौनियारसँगै अर्का डा.रामहरि रौनियारलाई पनि अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

विज्ञप्तिमा प्रतिष्ठान भवन निमार्णमा ठेक्काका विषयमा उपकुलपति रौनियारले घुस मागेको उजुरी परेपछि अख्तियार टोली काठमाडौँबाट खटिएको र घुसबापतको रकम लिइसकेको अवस्थामा समातिएको उल्लेख गरिएको छ ।

पटक पटक अनियमितताको आरोप लाग्दै आएका रौनियारलाई तीन महिनाअघि मात्र सरकारले पदबाट हटाएको थियो । तर, सर्वोच्च अदालतबाट उनी पुनः पदमा बहाल भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस