२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियन्त्रणमा आएन टाइफाइड : बिरामी बढ्दै, औषधि घट्दै

अ+ अ-

डोल्पा । डोल्पामा एक साताअघि शुरु भएको टाइफाइडको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । जिल्ला अस्पतालमा बिरामी चाप बड्न थालेपछि टाइफाइड नियन्त्रणमा आउन नसकेको हो ।

बिरामीको चाप बडेपछि १५ श्ययाको जिल्ला अस्पतालमा २५ जना बिरामीले उपचार गराइरहेको जिल्ला अस्पतालले जनाएको छ । केही दिन अगाडि मात्रै २१ जना बिरामीले बेडमै उपचार गराइरहेका थिए ।

दैनिक उपचार गराउन आएका चारदेखि पाँच जना बिरामीमध्ये दुईदेखि तीन जनालाई बेडमै राखेर उपचार गराउनुपर्ने अवस्था देखिएको अस्पतालले जनाएको छ । बिरामी हुनेमा अधिकांश ठूलीभेरी नगरपालिका वडा नं २ र ३ का सर्वसाधारण रहेका छन् ।

अस्पतालमा पर्याप्त बेड नहुँदा १५ जनालाई बेडमा र १० जनालाई भुइँमै राखेर उपचार गराइरहेको डाक्टर सिजन रावलले जानकारी दिए । बेड नहुँदा जिल्ला अस्पतालमा कार्यरत अस्पताल क्वाटरमा बस्दै आएका स्वास्थकर्मीको बेड ल्याएर उपचार गराइरहको उनले बताए ।

प्रकोप नियन्त्रणका लागि प्रदेश र केन्द्रमा समेत जानकारी गराइसकिएको डा रावलले बताए । दिनहुँ बिरामी बड्दै गए टाइफाइडले ठूलो रुप लिनसक्ने खतरा रहेको बताउँदै रोकथामका लागि स्थानीय, प्रदेश र केन्द्र सरकार गम्भीर हुनुपर्ने डा रावलको भनाइ छ ।

तीन दिनदेखि जहाज नआएपछि प्रदेश सरकारले पठाएको औषधि नेपालगञ्जमै रोकिएको छ । बिरामीको चाप बड्दै गएकाले औषधि भने सकिन थालेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

स्वास्थकर्मी नै थला परे

डोल्पामा फैलिँदै गएको टाइफाइडको प्रकोपले सर्वसाधारण मात्र होइन स्वास्थकर्मीसमेत थला परेका छन् । दैनिक टाइफाइडका बिरामीका उपचारमा लागि खटिएका एक दर्जन डाक्टर, नर्स र अन्य कर्मचारी आफैँ टाइफाइडले थलिएका छन् ।

प्रत्येक दिन अस्पतालमा भर्ना हुने टाइफाइडका बिरामीसँगै अस्पतालाका स्वास्थ्यकर्मीसमेत थला पर्न थालेपछि उपचार गर्ने कर्मचारीहरुको कमी हुँदै गएको अस्पतालले जनाएको छ ।

अस्पतालमा कार्यरत दुई जना चिकित्सकमध्ये डा भिमबहादुर बुढा बिरामी परेका छन् । त्यसैगरी परिचारिका दिलु बुढा, सिएमएम गङ्गा ओझा, अनमी पुष्पा ओली, झुमा हमाल, ल्याब असिष्टेन्ट कञ्चन रोकाया, अहेब दिलीप रोकायालगायत एक दर्जन कर्मचारी आफैँ बिरामी परेका छन् ।

टाइफाइडका कारण स्वास्थका कर्मचारी नै थला परेपछि उपचारमा समस्या भएको छ भने ओपीडी कक्ष २४ घण्टा एउटै कर्मचारीले धानेका छन् । जिल्लाका विभिन्न स्वास्थ चौकीबाट काजमा कर्मचारी खटाउनका लागि पत्राचार गरिएको डाक्टर रावलले जानकारी दिए ।

दूषित पानीका कारण रोग फैलँदै गएकाले पानी शुद्धिकरण गरेर मात्र खान चिकित्कले सुझाव दिएका छन् । टाइफाइडको प्रकोप नियन्त्रणका लागि जिल्ला उद्योग बाणिज्य सङ्घको पहलमा पानी शुद्धिकरणका लागि एक घरलाई एक महीना पुग्ने पियुस मगाएर वितरण गर्न लागेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

तीन दिनदेखि उडान नहुँदा पियुस नेपालगञ्जमा आएर थन्किएको समेत उनले बताए । अन्य ठाउँभन्दा वडा नं ३ मा टाइफाइडका बिरामी धेरै भएकाले पियुस आएपछि प्रत्येक घरधुरीमा वितरण गरिने प्रजिअ केशरीले जानकारी दिए । अन्य नगरपालिका र गाउँपालिकामा कार्यरत स्वास्थ्यका कर्मचारीलाई जिल्ला अस्पतालमा काजमा खटाउनसमेत पहल गरिरहेको बताइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस