महत्त्वपूर्ण समयसामयीक जानकारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

महत्त्वपूर्ण समयसामयीक जानकारी


महेश अधिकारी

२१ असार २०७६, शनिबार


१. सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरी कृतिमान कायम गर्ने व्यक्ति को हुन् ?
–  मिग्मा दोर्जी शेर्पा (२०७६ जेठ १३ गते ६ घण्टा १ मिनेट ) ।
२. सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरी कृतिमान कायम गर्ने व्यक्ति को हुन् ?
–  कामी रीता शेर्पा (२०७६ जेठ ६ गते, २४ औ पटक आरोहण गरेका ) साथै एक सातामा २ पटक आरोहण गरेर पनि कृतिमान कायम गरेका छन् । ४९ वर्षका उनले यस आफ्नै रेकर्ड तोडेर कृतिमान कायम गरेका हुन । पहिलो पटक उनले सन् १९९४ मा पहिलो सगरमाथा आरोहण गरेका थिए ।
३. नेपालको इतिहासमा पहिलो पटक टोर्नाडो नामक आधिवेहरी कहिले गयो ?
-२०७५ चैत्र १७ गते बारा र पर्सा मा आएको थियो । टोर्नाडोमा आकाश बाट बादल सहितको वायु सोली आकारमा धर्ती तिर केन्द्रित हुने गर्दछ र महामारीको रूप लिने गर्दछ ।
४. सामुन्द्रिक आँधी पानी कहाँ र कहिले गयो ?
– २०१९ मे ३ मा बङ्गालको खाडी बाट सुरु भई १८० प्रति घण्टाको वेगमा भारतको उडिसा राज्यमा प्रवेश गरेको । फानी एक प्रकारको समुन्द्री हावाहुरी हो । हिन्द महासागरमा उठेको यो हुरीलाई बंगलादेशले फानी नाम राखेको थियो । बंगलादेशमा फानीको सम्बन्ध सर्प सँग हुन्छ ।
५. २५ औ मिस नेपाल २०१९ को हुन ?
– अनुष्का श्रेष्ठ, २३ वर्ष, काठमाडौँ ।
६. धान दिवस २०७६ को नारा के रहेको थियो ?
–  “धान खेतीमा प्रविधि र यन्त्रीकरण : चामल आयातमा न्युनीकरण” हरेक वर्ष असार १५ मा धान दिवस मनाइने गर्दछ । २०६१ असार १५ बाट मनाउन थालिएको यो वर्षको धान दिवस १६ औ धान दिवस हो ।
७. मदन पुरस्कार २०७४ कसलाई प्रदान गरियो ?
–  निलम कार्की निहारीका (योगमाया कृति) लाई प्रदान गरिएको । वि. सं २०१२ मा स्थापना गरिएको मदन पुरस्कार को राशि दुई लाख रहेको छ । २०७३ को पुरस्कार ‘धृतराष्ट्र कृति’को लागी घनश्याम कँडेल लाई दिइएको थियो ।
८. ओस्कार अवार्ड २०१९ प्राप्त गर्ने सर्वोत्कृष्ट चलचित्र कुन हो ?
– पिटर फेरेल्ली द्वारा निर्देशित ग्रिन बुक । ओस्कार अवार्ड चलचित्र क्षेत्रको सबैभन्दा ठूलो अवार्ड हो । २०१९ को यो अवार्ड ८१ औ ओस्कार अवार्ड हो ।
९. म्यान बुकर इन्टरनेशलन प्राइज २०१९ कसले प्राप्त गरे ?
–  ओमानी लेखिका जोखा अलार्थि (Jokha Alarthi) को उपन्यास Celestial Bodies लाई दिइएको । यो पुरस्कार प्राप्त गर्ने उनी प्रथम महिला हुन । अंग्रेजीमा रुपान्तरीत पुस्तकलाई यो पुरस्कार दिइने गरिन्छ । ५० हजार युरो को पुरस्कार राशि लेखक र अनुवादक दुबैलाई बराबर बाँडिन्छ । द म्यान ग्रुपले प्रायोजन गर्ने यो २०१९ अन्तिम वर्ष भएकोले आगामी वर्षबाट यो पुरस्कार द इन्टरनेशल बुकर प्राइजका नाममा वितरण हुनेछ ।
१०. गरिब परिचयपत्र वितरण कार्यको कहिलेबाट सुरुवात भयो ?
–  वि.सं २०७५ असार २९ मा कपिलवस्तुको मायादेवीबाट सुरुवात गरिएको । पहिलो चरणमा सिराहा, बागलुङ, कैलाली, बाजुरा र सिन्धुलीमा वितरण गरिएको । २८ वटा सूचकको आधारमा गरिबको पहिचान गरिएको हो । न्यून आय भएका गरिब परिवार पहिचान कार्यक्रम २०६८ सालबाट सुरुवात भएको थियो । २०७४ साउन १० गतेको मन्त्रिपरिषद्को निर्णयबाट गरीब परिचयपत्र वितरण गर्ने निर्णय भएको थियो ।
११. नेपालमा स्वास्थ्य बिमा कार्यक्रम कहिलेबाट सुरु भयो ?
–  वि.सं २०७२ चैत्र २५ बाट ” तपाईको सुरक्षा हाम्रो अठोट” नारा लिएर सुरु गरिएको
१२. अन्तरिक्षमा नेपाली स्याटलाइट कहिले प्रक्षेपण गरियो ?
–  वि.सं २०७६ वैशाख ५ गते अमेरिकाको भर्जिनियाबाट “नेपाली स्याटलाइट १” नामक स्याटलाइट प्रक्षेपण गरिएको । जसलाई नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले तयार गरेका थिए । वजन १ केजी ३०० ग्राम रहेको । यसले करिब ९० मिनेटमा एक पटक पृथ्वीको परिक्रमा गर्दछ ।
१३. प्रदेश नं ४ को नाम गण्डकी प्रदेश र स्थायी राजधानी पोखरा घोषणा कहिले गरियो ?
–  २०७५ असार २२ गते
१४. आठौँ राष्टिय खेलकुद २०७५ को नारा के थियो ? 
–  “आठौँ राष्टिय खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा” नाराको साथमा मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा वि.सं २०७६ वैशाख ५ मा राष्ट्रपतिबाट उद्घाटन भई २०७६ वैशाख ११ मा उपराष्टपतिबाट समापन भएको । उक्त खेलको मस्कट हात्तीको छावा थियो । आगामी नवौँ राष्टिय खेलकुद २०७७ फाल्गुन २० देखी २७ सम्म गण्डकी प्रदेशमा आयोजना हुने ।
१५. १५ ओ निजामती सेवा दिवस २०७५ को नारा के थियो ?
–  “नतिजामुखी, प्रशासन, समृद्धि र सुशासन” नारा रहेको थियो । हरेक वर्ष भाद्र २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ । वि. सं २०६१ देखी निजामती सेवा दिवस मनाउन थालिएको ।
१६. कोप २४ सम्मेलन कहिले र कहाँ भयो ?
–  सन् २०१८ डिसेम्बर २ देखी २४ सम्म पोल्याण्डको कोटोविसमा सम्पन्न भएको थियो । UNFCC ले आयोजना गरेको उक्त सम्मेलनमा २०० देशको सहभागिता थियो । उक्त सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रपति विधादेवी भण्डारी सहभागी हुनु भएको थियो ।
१७. प्रधानमन्त्री रोजगार कार्यक्रम कहिले सार्वजनिक भएको थियो र उक्त कार्यक्रमको नारा के रहेको छ ?
–  प्रधानमन्त्री रोजगार कार्यक्रम वि.सं २०७५ फाल्गुण १ गते प्रधानमन्त्री केपी शर्मा वली द्वारा सार्वजनिक गरिएको थियो । यस कार्यक्रमको नारा “सवैका लागी रोजगार: संवैधानिक अधिकार” रहेको छ । परिवारमा एक जना पनि रोजगार नभएका वैदेशिक रोजगारमा पनि नगएका र निरपेक्ष गरिबिको रेखामुनि रहेका परिवारका एक जना सदस्यलाई वर्षको १०० दिन रोजगार दिने योजना प्रधानमन्त्री रोजगार कार्यक्रमको रहेको छ ।
१८. १७ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०१८ को नारा के थियो ?
–  “Stand up for human rights ” नारा रहेको थियो । प्रत्येक वर्ष डिसेम्बर १० का दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ ।

१९. पूर्व उपप्रधानमन्त्री भरत मोहन अधिकारीको निधन कहिले भएको हो ?
–  पूर्व उपप्रधानमन्त्री भरत मोहन अधिकारीको निधन वि.सं २०७५ फाल्गुण १८ गते ८२ वर्षको उमेरमा भएको । नेपाल कम्युनिस्ट पार्टिका नेता भरत मोहन अधिकारी ३ पटक अर्थमन्त्री र २ पटक उप प्रधानमन्त्री भएका थिए । वि.सं २०५१ मा अर्थमन्त्री भएको बेला ज्येष्ठ नागरिक भत्ता को सुरुवात गरेका तथा आफ्नो गाउँ आफै बनाऊ अभियानको सुरुवात गरेका थिए ।
२०.जुगल हिमालमा पहिलो पाइला कसले र कहिले टेक्यो ?
–  वि.सं २०७५ चैत्र २६ गते सगरमाथा आरोहि माया गुरुङ् को नेतृत्वमा ७ जनाको टिम ले टेकेको । ६१५१ मिटर उचाइ रहेको जुगल हिमाल काठमाडौँ बाट सबैभन्दा नजिकको हिमाल हो ।

Tags :
प्रतिक्रिया दिनुहोस