३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफ्रिकामा उत्पादन उद्योगको आवश्यकता छ : नाइजेरियाली राष्ट्रपति

अ+ अ-

लेगोस । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले अफ्रिकालाई अहिले व्यापार नीतिको मात्र नभई समग्र अफ्रिकी महादेशलाई नै उत्पादन उद्योगको आवश्यकता रहेको बताएका छन् ।

राजधानी अबुजामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति बुहारीले अफ्रिकी महादेशलाई गरिबी र पछौटेपनबाट माथि उकास्न सबैको सहयोग आवश्यक रहेकामा जोड दिए ।

अफ्रिकी युनियनको शिखर सम्मेलनकै संघारमा राष्ट्रपति बुहारीले अफ्रिकाको ठूलो अर्थतन्त्र रहेको नाइजेरियाले अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्ने जानकारी दिए ।

अफ्रिकामा निर्मित सामानहरु अफ्रिकी मुलुकहरुमा निर्वाध रुपमा आउजाउ गर्न पाउनुपर्छ भन्ने सिद्धान्तमा निर्देशित रहेको बताउँदै राष्ट्रपति बुहारीले भने, ‘स्थानीय सामग्रीको प्रयोग गरी उत्पादित वस्तु तथा सेवालाई अफ्रिकी मुलुकमा निर्वाध व्यापारका लागि ढोका खोल्नुको अब विकल्प छैन ।’

नाइजेरिया सरकारले अफ्रिकी उत्पादनको प्रवद्र्धनमा देखिएका अवरोधहरुलाई हटाउन तत्काल पहल थाल्ने पनि राष्ट्रपति बुहारीले बताए । उनले भने, ‘यदि हामीले स्वेच्छाचारी आयातलाई मात्र बढावा दिने हो भने त्यसले हाम्रो व्यापारलाई रसातलमा पुर्‍याउँछ । यसबाट तटीय मुलुकहरुको व्यापार बढ्ने तर भूपरिवेष्ठित मुलुकहरुले नोक्सानी व्यहोर्नु पर्नेछ र उनीहरु विदेशी सहायतामा निर्भर हुनु पर्नेछ ।’

अफ्रिकाकै सर्वाधिक ठूलो अर्थतन्त्र रहेको नाइजेरियाले अफ्रिकी मुलुकहरुमा स्वतन्त्र व्यापार सम्बन्धी सम्झौतामा अद्यापि हस्ताक्षर गरेको छैन ।

अफ्रिकी स्वतन्त्र व्यापार सम्झौताले सदस्य मुलुकहरुमाझको व्यापारमा कर राजश्व हटाउनेछ र त्यसबाट अफ्रिकाका करिब १ अर्ब २० करोड मानिसका लागि ठूलो राहत पुग्नेछ । नयाँ व्यवस्थाबाट अफ्रिकाको कूल गार्हस्थ्य उत्पादनमा २ खर्ब २० अर्ब डलर योगदान गर्नेछ ।

स्थानीय संचार माध्यमहरुका अनुसार नाइजेरियाले आफ्नो बजार खुला गरेमा त्यसले नाइजेरियामा सामानको मूल्य व्यापक रुपमा घट्ने र अर्थतन्त्रमा समस्या निम्त्याउने बताएका थिए ।रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस