२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामग्रामको विकास हुन्छ : मन्त्री अर्याल

अ+ अ-

परासी । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सरकारले रामग्राम स्तुपको विकास गर्ने बताए । उनले मङ्गलबार पश्चिम नवलपरासीमा भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकन गर्दै लुम्बिनीसँग जोडेर रामग्रामको विकास गरिने बताइन् । उनले भनिन्, “सरकार अहिले विकास र समृद्धिकै दिशामा अघि बढेको छ, लुम्बिनीसहित रामग्रामको विकास सरकारले गर्छ, तपाईँहरु विश्वस्त हुनुस् ।”

मन्त्री अर्याल स्तुपमा पुग्दा स्थानीयवासीले यसको विकासमा सरकारको ध्यान नगएको भन्दै ध्यानाकर्षण गराएका थिए । रामग्राम–७ का वडाध्यक्ष शिवशङ्कर हरिजनले स्वदेशी तथा विदेशी गरी वार्षिक ३० हजारभन्दा बढी पर्यटक आउने यो स्थल उचित विकास र पूर्वाधारको कमीले पछि परेकाले सरकारले चासो दिएर विकास गर्नुपर्ने बताए । रामग्राममा पर्यटकका लागि आवश्यक विश्रामगृह, शौचालय, सुविधासम्पन्न होटलजस्ता पूर्वाधारको अभाव छ ।

मन्त्री अर्यालले पाल्हीनन्दन–४ स्थित ऐतिहासिक पाल्ही भगवती मन्दिरको पनि दर्शन गर्दै मन्दिरको बारेमा जानकारी लिइन् । मन्त्री अर्याललाई उक्त मन्दिरको मुख्य पुजारी एवं सङ्घीय सांसद देवेन्द्रराज कँडेलले मन्दिरको महत्वबारे जानकारी गराएका थिए ।

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा रहेको यो मन्दिरमा सेनवंशी राजपरम्पराकी कुलदेवी पाल्ही भगवतीको स्थापना भएको हो । सेनवंशी राजाको पाल्हीमा दरबार रहेको र दरबारभित्र पुजिने इष्टदेवीका रुपमा पाल्ही भगवती रहेकी थिइन् । सेनवंशी शासनकालमा रतन सेनले आफ्नो दरबारमा पाल्ही भगवतीको पूजा गर्दै आएको पाइन्छ ।

यसैगरी सुनवल–५ वनकट्टीमा रहेको शहीद विष्णु पाण्डे उद्यानको पनि अवलोकन गर्दै मन्त्री अर्यालले त्यहाँको विकास योजनाबारे जानकारी लिएकी हुन् । उक्त स्थललाई नेपालकै नमूना पर्यटकीयस्थल बनाउने गरी योजना अघि बढाइएको र त्यसका लागि सङ्घीय सरकारबाट आवश्यक बजेट विनियोजनका लागि ध्यानाकर्षण गराइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासीकी नेतृ विमला अर्यालले जानकारी दिए । मन्त्री अर्यालले परासीमा निर्माणाधीन मालपोत कार्यालयको निरीक्षण गर्दै छिटो काम सम्पन्न गर्न निर्देशन पनि दिए ।

प्रतिक्रिया दिनुहोस