२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ वर्षमै निजामती सेवा प्रवेश असान्दर्भिक -पूर्वप्रशासक

अ+ अ-

काठमाडौँ । निजामती सेवा प्रवेशका लागि १६ वर्ष उमेर कायम गर्ने विषय सान्दर्भिक नभएको पूर्वप्रशासकहरूले बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सङ्घीय निजामती सेवाको विधेयकमाथि भइरहेको दफावार छलफलका क्रममा सांसदहरूले उठाएको ‘कर्मचारीको सेवा प्रवेश उमेर घटाएर १६ वर्ष कायम गर्ने’ प्रस्ताव पछि सो कुरा बताएका हुन् ।

१६ वर्ष भनेको अत्यन्तै काँचो उमेर भएकोले सरकारी सेवा प्रवेशका लागि उपयुक्त नहुने प्रशासनविद् भीमदेव भट्टको भनाई छ ।

‘१६ वर्ष उमेर भनेको कलिलो हो’ भट्टले भने ‘वस्तुस्थिति बुझेकै हुदैन, कार्यालयमा आएर के जिम्मेवारी सम्हाल्छ ?’

१६ वर्ष कायम गर्दा सेना, पुलिसमा मात्रै थोरैले फाइदा हुने भए पनि अन्य कुनै हिसाबले पनि उपयुक्त नभएको भट्टको तर्क छ ।

उनले चाहिँदा कुरामा ध्यान पुग्न नसकेको र नचाहिँदो कुरामा खुलबुल मच्चाउने काम भइरहेको भन्दै बरु सेवा अवधि ५८ लाई ६० बनाउने कुराले कर्मचारी र राज्य दुबैलाई फाइदा पुग्ने भए पनि सो विषयमा ध्यान जान नसकेको बताए ।

प्रशासन चलाउन अनुभव महत्त्वपूर्ण हुने भएकोले सोतर्फ ध्यान पु¥याउन नसके राष्ट्र र जनताले दुःख पाउने उनको भनाई छ ।

सरकारी सेवा प्रवेश उमेर १६ वर्ष उपयुक्त नदेखिएको पूर्वमुख्यसचिव डा. विमल कोइरालाको भनाई छ ।

‘अधिकृत तहका लागि २१ वर्ष नपुगी ब्याचुलर पास गरेको हुँदैन, १६ वर्ष कसलाई लक्षित गरेको ?’ कोइरालाले भने, ‘त्यसैले यो त्यति उपयुक्त देखिँदैन ।’

पदअनुसार उमेर तोकेर खरिदारसम्मका लागि १६ वर्ष भनेको भए ठिकै हुने कोइरालाको भनाई छ ।

त्यस्तै पूर्वसचिव भीम उपाध्याय बिना अध्ययन गरिएका निर्णय दिगो र प्रभावकारी हुन नसक्ने बताउँछन् । नीति नियम बनाउने कुराले दिर्घकालीनसम्म असर पु¥याउने भएकोले विज्ञहरूको अध्ययन आवश्यक पर्ने बताउँदै उपाध्यायले भने ‘यसले के असर गर्छ भन्नेबारे खोइ त विज्ञहरूको अध्ययन ?’

१६ वर्षको उमेरमा धेरैले एसएलसीसमेत पास गरेको नहुने बताउँदै उनले कसैले भनेकै आधारमा यो हुन नसक्ने धारणा राखे । ‘तर्क जे गरे पनि भयो’ उनले प्रतिप्रश्न गरे ‘कसैले भनिदिन्छ तर कुन अध्ययनले यो गर्ने भन्ने कुरा आयो ?’

प्रतिक्रिया दिनुहोस