राष्ट्र निर्माण र राज्य निर्माण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्र निर्माण र राज्य निर्माण


शर्मिला बन्जाडे

१७ असार २०७६, मंगलबार


राष्ट्र
अवधारणा
राष्ट्र अङ्ग्रेजी शब्द Nation को उत्पत्ति ल्याटिन शब्द Nasic बाट भएको पाईन्छ । Nasic को अर्थ /To be born अथवा जन्म वा उत्पत्ति हुनु हो । प्रारम्भका समयमा मानिसहरूको त्यो समूह जो एकै ठाउँमा जन्मिएका हुन भन्ने अवधारणाबाट राष्ट्रको प्रादुर्भाव भएको मानिन्छ । मध्यकालीन युरोपमा ती मानिसहरू एकै देश वा क्षेत्रको हुनुपर्ने सोचाईको विकास भयो । १८ औ शताब्दीको अन्त्यतिर फ्रेन्चहरूले राष्ट्रलाई कल्याणकारी सोचका साथ अघि बढेको सङ्गठन, जुन सार्वभौम, साना राज्यहरूका रूपमा अस्तित्वमा आएको, जनप्रिय र जनमैत्री हुनुपर्दछ भनी परिभाषित गरेको पाईन्छ ।

परम्परादेखि कसैले शासन नगरेको भौगोलिक सिमाना, जसमा जनसमुदाय आपसमा मिलेर रहेको क्षेत्र नै राष्ट्र हो । जसको आफ्नै मौलिकपन, साझा पहिचान, राजनीतिक रूपमा सङ्गठित, सबैलाई मान्य हुने आफ्नै संविधान, नीति, नियम तथा कानुन, एक आपसमा विचार आदानप्रदान गर्न सक्ने प्रष्ट भाषा रहेका हुन्छन् । नेपालको वर्तमान संविधान को धारा ३ बमोजिम राष्ट्र भन्नाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनी उल्लेख गरेको छ ।
राष्ट्रमा निम्न विषयहरू रहेका हुन्छन् :–
पूर्ण स्वतन्त्रता
सयाेंजित र सौहार्दता
राजनीतिक रूपमा सङ्गठित
सरकार प्रभावी क्षेत्र
शासनको प्रभावकारिता
जनताको समर्थन
कानुनी वैधता

राष्ट्र निर्माण
साना–साना क्षेत्रहरू, जातजातिहरू, भासाभासीहरू, संस्कृतिमा आबद्ध हुनेहरू सबैले आफ्नो विश्वास र प्रतिबद्धतालाई राष्ट्रिय प्रणालीप्रतिको प्रतिबद्धतामा विश्वास र आस्था प्रकट गर्दै सोही अनुरूप एउटै केन्द्रीय प्रणालीमा आबद्ध हुने प्रक्रियालाई राष्ट्रनिर्माण हो । यो राज्यप्रति जनसमुदायको अपनत्वको भावना जगाउने प्रक्रिया हो । यसले परिचय, देशभक्ति, समाजको एकत्व र राजनीतिक प्रणालीको प्रभावकारितालाई जनाउँछ । राष्ट्र निर्माणले निश्चित स्थानमा बसोबास गर्ने जनसमुदायबिच सांस्कृतिक परिचय स्थापना गर्दछ ।

राज्य
राज्य भन्नाले स्थायी जनसङख्या, निश्चित भु–भाग, सरकार र अन्य राज्यसँग सम्बन्ध राख्ने क्षमताको समग्रतालाई जनाउँदछ । राज्य त्यस्तो मानव समुदाय हो, जसले निश्चित भु–भागमा वैधानिक ढङ्गले भौतिक बल प्रयोग गर्ने एकाधिकारको दाबी गर्दछ । नेपालको वर्तमान संविधानले नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन्ने व्यवस्था गरेको छ ।

राज्य निर्माण
सत्ताको केन्द्रिकरण, कानुन र व्यवस्थाको निर्वाह, आर्थिक विकास र कुशल प्रशासनिक संरचना निर्माण गर्ने कार्यलाई जनाउँछ । राज्य निर्माण शासकीय क्षमताको विकाससँग सम्बन्धित छ, जसले राज्यलाई राजनीतिक स्थायित्व कार्यान्वयनको क्षमताको विकाससँग सम्बन्धित छ, जसले राज्यलाई राजनीतिक स्थायित्व कार्यान्वयनको क्षमता अभिवृद्धि गर्न र आर्थिक वृद्धि गर्न सिकाउँछ ।

राज्य निर्माणमा ध्यान दिनुपर्ने विषयहरुः–

  •  राज्यको शासकीय क्षमताको सुदृढिकरण गर्नुपर्ने,
  •  सरकारप्रति जनसमर्थन र जनआस्थाको अभिवृद्धि गर्ने,
  • राज्यका महत्त्वपूर्ण सस्ताहरूलाई सबल बनाउने,
  •  आर्थिक रूपले समृद्धि र विकसित बनाउने,
  •  युद्ध वा द्धन्द्ध प्रभावित राज्यको पुनः निर्माण गर्ने,
  •  आतङ्कवाद विरोधी कार्य वातावरण सृजना गर्ने ।
  •  सामाजिक न्याय तथा समानुपातिक वितरणलाई जोड दिने,

नेपालमा राष्ट्र निर्माण र राज्य निर्माण
-आधुनिक नेपालको एकीकरण गरी राज्य तथा राष्ट निर्माणको श्रेय राजा पृथ्वीनारायण शाह र अन्यमा बहादुर शाह, राज्यलक्ष्मी शाह तथा जङ्गबहादुरलाई जान्छ ।
-पृथ्वीनारायण शाहले बाईसे चौबिसे र पुर्वका स–साना राज्यहरूलाई गोरखा राज्यमा मिलाई आधुनिक नेपाल निर्माण गरेका थिए,
– तत्कालीन विशाल नेपालको सिमानालाई सन् १८१६ मा भएको सुगौली सन्धिले अहिलेको अवस्थामा सीमित तुल्याएको,
– राजा महेन्द्रको पालामा नेपालको अन्तराष्टिय सम्बन्ध बढाउने र योजनागत रूपमा विकास गर्ने कार्यको थालनी भएको थियो,
– उनकै पालामा नेपालको भौगोलिक सिमानालाई राजनैतिक रूपमा ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्लामा विभाजन गरेका थिए,
– राणाकालमा जनसहभागिता शुन्यः प्राय, पञ्चायतकालमा सीमित रहदैआएकोमा प्रजातन्त्रको बहालीपछि हालसम्म वृद्धि हुँदै गएको छ ।

समानता

  • दुवैले मुलुकलाई जनाउँदछन्, एकै सरकारको नियन्त्रणमा रहन्छन् ।
  • दुवै राजनीतिक समूह वा समुदाय हुन,
  • राज्य शब्दले कुनै राष्ट्र अन्र्तगतको एउटा प्रदेशलाई जनाउन प्रयोग हुने गर्दछ ।
  • राज्यले सरकारलाई र राष्ट्रले जनतालाई सम्बोधन गर्न सक्तछ ।

राष्ट्र निर्माण र राज्य निर्माण बिच भिन्नता

राष्ट निर्माणका अवरोध
– औपचारिक संयन्त्रको प्रभाव,
– क्षमतामा आएको ह्रास,
– अनधिकृत पक्षको नियन्त्रण,
– वैधानिक संयन्त्र निष्प्रभावी हुने अवस्था,
– राष्ट्र र राज्यको आधारमा परिचित हुने प्रवृत्तिको नागरिकहरूमा कमी,
– साझा सम्पर्क भाषाको अभाव,
– धार्मिक, सांस्कृतिक, सद्भाव र सहिष्णुताको अभाव,
– देशका सबै क्षेत्रमा सार्वजनिक सेवाको सहज र समान पहुँच नहुनु,
– सञ्चार, सम्पर्क र आवागमनको कठिनाइ हुनु,
– राजनीतिक दल लगायत बुद्धिजीवीहरूमा राष्ट्रिय एकता र आपसी सद्भावप्रति समुचित सजगताको अभाव,
– न्यायपूर्ण व्यवहार सरकारबाट हुन्छ भन्ने विश्वासको सङ्कट रहनु ।

राष्ट्र निर्माणलाई मजबुत बनाउन
– आन्तरिक र बाह्य सुरक्षाको उचित बन्दोबस्त मिलाई सुरक्षाको सुनिश्चितता प्रदान गर्ने,
– सहमतिका आधारमा शासनको वैधानिकता प्राप्त गर्ने,
– जातिगत, धार्मिक सामुदायिक र क्षेत्रीय विविधताहरूलाई एउटै समुदायमा एकीकृत गर्ने,
– सरकारका सङ्घ, प्रदेश र स्थानीय निकायहरूबिच र अन्य क्षेत्रहरूका बिचमा औपचारिक अधिकार वा शक्ति र कार्यहरूको सङ्गठन र वितरण गर्ने,
– आधुनिकीकरण तर्फ उन्मुख हुने खालका सीप र सस्थाहरुको विकास गर्ने,
– मनोवैज्ञानिक र भोतिक सुरक्षालाई बलियो बनाउने, बचत र चालु वित्तीय साधनहरूको परिचालन गर्ने,
– लगानिका  लागि युक्तिसंगत कार्यक्रमहरूको तयार गर्ने,
– सेवा र सुविधाहरुको दक्षतापूर्ण व्यवस्थापन गर्ने,
– निर्णय प्रक्रियामा व्यापक सहभागिता जुटाउने,
– अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठापूर्ण स्थान बनाउने,
– राष्ट्रको भविष्य निर्माणको लागि सधैँ चिन्तनशील रहने ।

निष्कर्ष
राष्ट्रले सार्वभौमसत्ता प्राप्त राज्यलाई सम्बोधन गर्दछ । राष्ट्रमा सरकार, भूमि र सार्वभौमसत्ता रहेकोले राजनीतिक पहिचानका साथ अस्तित्वमा रहन्छ, तर राज्यले सांस्कृतिक र सामाजिक पहिचान बोकेको हुन्छ भने राष्ट्रले पनि राजनीतिक पहिचानलाई अभिन्न अङ्गको रूपमा लिएको हुन्छ । तसर्थ यी दुवैमा सामाजिक, सांस्कृतिक र राजनीतिक पहिचान अन्तर्निहित रहेको हुन्छ । मुलुकमा विभिन्न कालखण्डमा भएका घटना, आन्दोलनको फलस्वरूप प्राप्त भएको सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक राज्यको स्थापना सँगै मुलुकको महत्त्वपूर्ण निकायमा सबैलाई खुल्ला गरिए तापनि सक्ने र सीमितले मात्र स्रोत साधन र अधिकारमा पहुँच राख्नुले राष्ट्र प्रति कतिपयको वितृष्णा बढ्दै गएको पाइन्छ । समग्रमा राष्ट्र राज्यलाई मजबुत बनाउन शासन सञ्चालन गर्नेहरूको फेरबदल सँगै संस्कार पनि फेरिएको अनुभूति जनताले गर्न सक्ने अवस्थाको सिर्जना गर्नु अपरिहार्य रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस