२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी जीवनको लोकतान्त्रिकरण ‘जबज’ : अध्यक्ष तिमिल्सिना

अ+ अ-

कास्की । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जननेता स्व मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) मार्फत पार्टी जीवन, आन्दोलन र राज्य सत्ताको लोकतान्त्रिकरणलाई प्रमुखताका साथ अगाडि सारेको बताएका छन् ।

भण्डारीको ६७औँ जन्मजयन्तीको अवसरमा ‘मदन भण्डारी फाउण्डेशन नेपाल कास्की’ले शुक्रबार आयोजना गरेको ‘मदन भण्डारी साँझ’को उद्घाटन गर्दै उनले प्रतिष्पर्धात्मक क्षमताबाट श्रेष्ठता हासिल गर्ने, पार्टीलाई लोकतान्त्रिकरण गर्ने, कार्यकर्ताको भावनाअनुसार नेतृत्व चयन गर्ने र चल्ने परिपाटीको शुरुआत भण्डारीले गरेको बताए । उनले भने, “हामीले जनताको बहुदलीय जनवाद भनेका छौँ, मदन भण्डारीलाई सम्झिरहेका छौँ, कम्युनिष्ट आन्दोलन अगाडि बढाउन उनले जुन विचार अगाडि सार्नुभयो त्यसमा पार्टी जीवन, आन्दोलन र समग्र राज्यसत्ताको लोकतान्त्रिकरणका प्रमुख तीन पक्ष छन् ।”

अध्यक्ष तिमिल्सिनाले कम्युनिष्ट पार्टीले शान्तिपूर्ण आन्दोलनमार्फत जनताको साथबाट राजतन्त्र फालेर गणतन्त्र ल्याउन सकिन्छ र राज्य सत्ताको लोकतान्त्रिकरणका लागि आवधिक निर्वाचन र प्रतिष्पर्धामार्फत शासनसत्ता सञ्चालन गर्ने कुरालाई स्थापित गरेको उल्लेख गरे। फाउण्डेशनका अध्यक्ष माधव बास्तोलाले स्व भण्डारीले प्रतिपादित गरेको जबजको सिद्धान्तबाट नै करीब दुई तिहाइको मतसहित नेकपाले सरकारको नेतृत्व गरेकाले सो विचारलाई वडातहसम्म जनताको बीचमा लगिने र फाउण्डेशन गठन गरिने बताए।

कार्यक्रममा कलाकार बद्री पङ्गेनी, प्रजापति पराजुली, तारापति सुवेदी, शङ्कर विरही गुरुङ, सरला पाण्डे, हास्य कलाकार राजाराजेन्द्रलगायतको प्रस्तुति रहेको थियो । सो अवसरमा सामाजिक क्षेत्रमा योगदान पु¥याउनुभएका पोखरा विद्याश्रमका अध्यक्ष वसन्तकेशव पराजुली, राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, पर्यटन व्यवसायी हरि पौडेल र शिक्षासेवी गेहेन्द्रेश्वर कोइरालालाई अध्यक्ष तिमिल्सिनाले सम्मान गरेका थिए । कार्यक्रममा ‘मैले चिनेको मदन भण्डारी’ विषयक अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिताका विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस