२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं ३ : दुई विधेयक बहुमतले पारित

अ+ अ-

हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकले कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशमा आर्थिक ऐन २०७५ लाई संशोधन गर्न बनेको (क), (ख) र (ग) विधेयकलाई बहुमतले पारित गरेको छ ।

उक्त बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले ती दुवै विधेयकलाई पारित गर्न भनी प्रस्ताव राखेका थिए । आजै बसेको दोस्रो बैठकमा सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०७६/७७ का लागि विनियोजित बजेटमाथि छलफल जारी रह्यो ।

उक्त विनियोजित बजेटको छलफलमा प्रदेशसभाका सदस्यले स्थायी राजधानी र नामकरण टुङ्गो नलागेसम्म हालको हेटौँडामा मन्त्रिपरिषद्को भवन आगामी आवभित्र निर्माण गर्ने बजेट छुट्याइएकामा चिन्ता व्यक्त गरे ।

उक्त बैठकको छलफलमा बहुसङ्ख्यक सदस्यले प्रदेशको नीति योजना आयोगले सन्तुलित र समानुपातिक ढङ्गबाट प्रदेशको १३ वटै जिल्लामा योजनालाई पारदर्शीरुपमा समेट्न नसकेको र सो आयोजनाद्वारा अद्यावधिक गरिएको ‘प्रोजेक्ट बैंक’लाई पारदर्शी ढङ्गबाट कार्यान्वयनमा ल्याउन सुझाव दिए ।

बजेटको विनियोजित शीर्षकमा प्रदेशमा पूँजीगत खर्चभन्दा चालूतर्फको खर्चको आकार निकै बढाइएको भन्दै उनीहरुले पहुँचमा नरहेका जनताका लागि पिउने पानी र स्वास्थ्य उपचारका लागि उच्च प्राथमिकता दिएर बजेट छुट्याइनुपर्ने माग गरे ।

प्रदेशका जिल्लालाई पहिलो प्राथमिकतामा कृषि उत्पादन साथै पर्यटन क्षेत्रको विकासलाई गुरु योजनाका रुपमा बजेटमा समावेश गर्न आग्रह गर्दै जिम्मेवार मन्त्रीले दलगत स्वार्थ र आफ्नो पार्टीलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई त्याग गर्नुपर्ने सुझाव दिए ।

प्रदेशसभाको सदस्यले निर्वाचन क्षेत्रमा पूर्वाधार विकासका लागि भनि प्रत्येक सदस्यलाई दिइने रु तीन करोड अनुदानको लोभमा सदस्य फस्न नहुने र आफ्नो कार्यकर्तालाई रिजाउनका निम्ति मात्रै सो रकम दुरुपयोग हुनसक्ने सम्भावना तीब्र बढेकाले भ्रष्टाचार नियन्त्रण हुन नसक्ने धारणा व्यक्त गर्दै सो रकम सरकारले फिर्ता गर्नुपर्ने माग गरे।

उक्त बैठकमा सहभागी हुने सदस्यमा दीपक निरौला, नरोत्तम वैध, चन्द्रबहादुर लामा, सिर्जना सैँजु, लक्ष्मण लम्साल, रीमा लामा, रत्नप्रसाद ढकाल, शान्ति थिङ, रीना गुरुङ, विजय केसी श्रेष्ठ, प्रेमबहादुर तामाङ, केशवराज पाण्डे, सोभा शाक्य, प्रतिमा श्रेष्ठ, जीवन डङ्गोल, केशव पोखरेल, पुकार महर्जन, विशाल खड्का, सन्तबहादुर प्रजा, रामकाजी महर्जन र रामेश्वर फुँयाल थिए । प्रदेशसभाको अर्को बैठक असार १२ गते दिनको ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस