भाइरल ‘टेबुल सलामी’ मेयरको अञ्जानमा गल्ती भएको प्रष्टोक्ति « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भाइरल ‘टेबुल सलामी’ मेयरको अञ्जानमा गल्ती भएको प्रष्टोक्ति


प्रशासन विशेष ब्युरो

१० असार २०७६, मंगलबार


धनकुटा । टेबुलमाथि चढेर सलामी दिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले अन्जानमा गल्ती भएको स्वीकार गरेका छन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनका क्रममा गत बुधवार जितपुरस्थित खेल मैदानमा सलामी दिएका नेपालले अनजान गल्तीका लागि स्पष्टीकरण भन्दै विज्ञप्ति जारी गरेका छन् ।

उपप्रमुख मञ्जु अधिकारी सहित उपस्थित अतिथि भुईँमै उभिरहेका बेला प्रमुख नेपाल प्लास्टिकको कुर्सीमा केर सलामी दिन टेबल माथि उभिएका थिए।

उनले सलामी दिएको शैलीबारे सामाजिक सञ्जालमा कडा आलोचना भएपछि विज्ञप्ति नै जारी गर्दै आगामी दिनमा हुने हरेक कार्यमा थप सचेत भएर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस