११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाशिलाको विकासका लागि डिपिआर तयार

अ+ अ-

पर्वत । नेपालका उत्कृष्ट १०० पर्यटकीय गन्तव्यभित्र अटाएको पर्वतमा रहेको महाशिलाको पर्यटकीय विकासको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । महाशिला गाउँपालिकामा रहेको एशियाकै ठूलो शिला भनी दाबी गरिएको महाशिलालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्ने योजनाका साथमा डिपिआर तयार पारिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले जानकारी दिए ।

विशेषतः प्राकृतिक उपचार योग साधनसहित दुनियाँको शान्ति प्राप्तिको गन्तव्यस्थल निर्माणका लागि शिलामा १०८ फिट अग्लो हुने गरी भगवान् शिवको मूर्ति निर्माण गर्ने योजना अगाडि सारिएको छ । यस्तै, शिलाको बीच भागमा सिसाको पुल निर्माण गर्ने, शिलाको शिर भागमा त्रिकोणात्मक सिसाको पुल निर्माण गर्ने, आश्रमस्थल निर्माण गर्ने, उद्यान बनाउने, योगकक्ष निर्माण गर्ने तथा ढुङ्गाको बगैँचा निर्माण गर्ने काम डिपिआरमा समावेश गरिएका उचैले जानकारी दिए ।

पर्यटनमार्फत पर्वतवासीको आर्थिक समृद्धिका लागि यो योजना निकै महत्वपूर्ण हुनसक्ने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख राजु पौडेलले बताए ।

कालीगण्डकीमा नदीजन्य पदार्थ उत्खनन रोक्ने निर्णय

पर्वतको जलजला गाउँपालिकामा भदौ १५ सम्म कालीगण्डकीबाट नदीजन्य वस्तु उत्खननमा रोक लगाइएको भएको छ । गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले असारदेखि भदौ १५ सम्म नदीमा उत्खनन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो ।

यसअघि कालीगण्डकी नदीमा गाउँपालिकाकै मिलेमतोमा नदीबाट स्काभेटर प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खनन भएको आरोप खेप्दै आएको जलजला गाउँपालिकाले यसपटक वर्षायामका तीन महीना पूर्णरुपमा उत्खनन रोक्ने निर्णय गरेको हो । पर्वतमा नदीजन्य पर्दाथको सबैभन्दा बढी उत्खनन हुने जलजला गाउँपालिकाभित्र असार, साउन र भदौमा नदीबाट स्काभेटर प्रयोग गरेर बढी मात्रामा बालुवा उत्खनन हुँदै आएको थियो । वर्षायाममा नदीजन्य पदार्थ उत्खनन गर्न ऐन कानूनले समेत रोक लगाएका कारण यसलाई पूर्णरुपमा कार्यान्वयन गर्ने निर्णय भएको हो गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस