चितवन । कारागार कार्यालय भरतपुरमा शनिबार राति एक कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्लाको कलैया नगरपालिका घर भएका ५८ वर्षीय भरतबहादुर थापा रहेको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।
काफ्लेका अनुसार थापा विसं २०७४ मा जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका थिए । थापालाई क्यान्सर रोगको सङ्क्रमण देखिएपछि एक महीना अघि चितवन पठाइएको थियो ।
यसैबीच बाघको आक्रमणमा परी घाइते भएका माडी नगरपालिका–६ कल्याणपुरका गङ्गाधर सुवेदीको निधन भएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा सुवेदीको शनिबार निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उपचारको क्रममा सुवेदीको टाउकोको शल्यक्रियासमेत गरिएको थियो ।
असार ३ गते दिउँसो माडीको सिमरा गाउँ नजिकै काँसघारीमा गाईवस्तु चराउन गएका ६७ वर्षीय सुवेदीलाई बाघले आक्रमण गरेको थियो ।