सिरहा । सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा–८ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
शनिवार बिहान पश्चिमबाट पूर्व गइरहेको ना४ख ९८९७ नम्बरको ट्रकले सोही दिशामा गइरहेका पैदलयात्री नरहा गाउँपालिका–१ तिलासीका ३५ वर्षीय विक्रम उडाउँलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
विपरित दिशाबाट आएको टिपरले साइड नदिँएपछि ट्रक चालकले आफ्नो गाडी नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोलबजारकाले जनाएको छ ।
ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि लैजाने तयारी भईरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।