३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिव शर्मा संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट साझा उम्मेदवार

अ+ अ-

काठमाडौँ । निजामती क्षेत्रमा क्रियाशील राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको संयुक्त ट्रेड युनियन सञ्जालले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सञ्चालक समिति सदस्यका लागि नेपाल सरकारका उपसचिव रामहरि शर्मालाई साझा उम्मेदवार बनाएको छ ।

आयोजनाको सञ्चालक समितिमा सर्वसाधारण समूह ‘ख’ को तर्फबाट १ महिलासहित ४ जना सदस्यको लागि हुन गइरहेको निर्वाचनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव शर्मालाई राष्ट्रसेवक(निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, शिक्षक समिति नेपाल, नेपाल टेलिकम तथा अन्य संस्थानहरूलगायतका कार्यालयमा कार्यरत) कर्मचारीहरूको तर्फबाट प्रतिनिधित्व गराउन साझा उम्मेदवार बनाएको हो ।

निजामती क्षेत्रमा क्रियाशील राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको संयुक्त ट्रेड युनियन सञ्जालको बैठकको निर्णय अनुसार निर्वाचन प्रक्रियामा उम्मेदवारी दर्ता गराएका शर्मालाई विजयी गराउन मतदानमा उपस्थित भई मतदान गर्न तथा प्रतिनिधि तोकेर पठाउनसमेत सञ्जालले अनुरोध गरेको छ । यही असार ११ गते आयोजनाको ११ औँ साधारण सभा हुँदैछ ।

कम्पनी सञ्चालनका क्रममा देखिएका विभेदकारी कमी कमजोरीहरू सच्याउने प्रतिबद्धतासहित साझा उम्मेदवार घोषणा गरेको सञ्जालले विभिन्न पाँच वटा प्रतिबद्धताहरूसमेत जाहेर गरेको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको तर्फबाट अध्यक्ष हरि बहादुर रावल, नेपाल निजामती कर्मचारी सङ्गठनका तर्फबाट वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला र नेपाल मधेसी निजामती कर्मचारी मञ्चबाट अध्यक्ष भुवनेश्वर चौधरीको हस्ताक्षरित विज्ञप्तिमा आयोजना निर्माणमा भइरहेको ढिलासुस्तीलाई अन्त्य गरी समयमै निर्माण कार्य सम्पन्न गराउने दिशामा क्रियाशील हुनदेखि आयोजनाको शेयर बाँडफाँडको प्रारम्भवमै निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, शिक्षक, समिति, नेपाल टेलिकम तथा अन्य संस्थानहरूका संचयकर्ताहरु र सिभिल निकायको बिचमा चरम विभेद हुने गरी गरिएको विभेदकारी व्यवहार अन्त्य गर्न, एक शेयर धनी बराबर एक मतको व्यवस्थालाई सुनिश्चित गर्न, सम्पूर्ण शेयर धनीहरूलाई सम्बन्धित जिल्ला भित्रबाटै मतदान गर्न पाउने गरी ७७ वटै जिल्लामा मतदान केन्द्रको व्यवस्था गर्न, आयोजना सम्पन्न भए पश्चात् प्राप्त हुने सेवा सुविधालाई समान ढङ्गले वितरणको व्यवस्था गराउन र कम्पनीका आगामी क्यासकेड आयोजनाहरूमा राष्ट्रसेवक कर्मचारीहरूको लगानी प्रतिशत बढाउने प्रतिबद्धता उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस