३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा छ अङ्कको बृद्धि

अ+ अ-

काठमाडौं । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक भएदेखि नै ओरालो लागेको परिसूचक आज भने करीब ६ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.९० अङ्कले बढेर एक हजार २६४.३६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०८ अङ्कले वृद्धि भई २७१.६० बिन्दुमा पुगेको छ ।

परिसूचक उकालो लागेपनि कारोबार रकम भने सस्तैमा समेटिएको छ । कूल १७१ कम्पनीका १३ लाख ७५ हजार ५४१ कित्ता शेयर रु ३७ करोड ५३ लाख १५ हजार २०४ मा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर घटेको छ । वित्त ०.३९, निर्जीवन बीमा ७.६६ र उत्पादन १२.८८ अङ्कले घटेका छन् ।

लघुवित्त र होलट उपसमूहका शेयरमा भएको वृद्धिले बजारमा सकारात्मक प्रभाव परेको हो । यस्तै बैंकिङ ६.९, होटल ८.४४, विकास बैंक ५.०१, जलविद्युत् ७.०४, अन्य ४.२६, लघुवित्त १३.६८, जीवन बीमा ३.५८ र सामूहिक लगानी कोष ०.०२ अंकले वृद्धि भएको छ ।

स्टकका अनुसार आज कारोबारका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो । सो कम्पनीको रु तीन करोड तीन लाख १३ हजार २९९, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु दुई करोड ६४ लाख दुई हजार ६५५, नेपाल बैंक लिमिटेड रु दुई करोड ४० लाख १२ हजार २५४, प्रभु बैंक रु एक करोड ९८ लाख पाँच हजार ७०१, मेगा बैंक एक करोड ६६ लख ४३ हजार ३२३ र एनआइसी एसिया बैंकको रु एक करोड ४२ लाख ७३ हजार ७७५ मा खरिद बिक्री भई शीर्ष स्थानमा रहे ।

बढेको बजारमा रिलायन्स फाइनान्सका शेयरधनीले ५.२६, कर्पोरेट डेभलपमेन्ट बैंक ३.२२, गुराँस लाइफ इन्स्योरेन्स २.१७, युनिलिभर नेपाल १.९९ र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले १.९३ प्रतिशतले गुमाए । यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाए । मल्टीप्रपोज फाइनान्स ९.७७, खानीखोला हाइड्रोपावर ७.३५, स्वदेशी लघुवित्त वित्तीय संस्था ६.०३, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ५.८९ र पाँचथर पावर कम्पनीका शेयरधनीले ५.८० प्रतिशतले कमाए ।

प्रतिक्रिया दिनुहोस