५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ विजयी

अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि शुरु भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको दोस्रो खेल प्रदेश नं २ ले कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै जित हात पारेको छ ।

टस जितेर ब्याटिङ रोजेको कर्णालीले १९।२ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन बनाएको थियो । कर्णालीका लागि रविना चौधरीले सर्वाधिक १३ र लक्ष्मी रिमालले आठ रनको योगदान गरेका थिए ।

प्रदेश नं २ का तर्फबाट शान्ति चौधरीले तीन विकेट हात पारिन भने गोमा आले, आरती चौधरी, कविता गौतम र शोभा आलेले समान एक विकेट लिए ।

प्रदेश नं २ ले ५९ रनको लक्ष्य ६.१ ओभरमा एक विकेटको क्षति बेहोर्दै सजिलै लक्ष्य भेट्टाएको थियो । प्रदेश २ का लागि शान्ति चौधरी र निरकुमारी बलमपाकीले सर्वाधिक क्रमशः १८ र १५ रन बनाएका थिए । कर्णालीका सरिता जिसीले एक विकेट हात पारिन् । म्यान अफ दि म्याच प्रदेश २ की शान्ति चौधरी घोषित भइन् ।

यही असार ११ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पाँच लाख र दोस्रो हुनेलाई रु तीन लाख पुरस्कार दिइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी लाई रु ३० हजार तथा उत्कृष्ट बलर र ब्याट्सओमेनलाई रु १५ हजार बराबरको खेल सामग्री दिइने छ भने प्लेयर अफ द म्याचलाई रु २५ सय बराबरको पुरस्कार दिइने छ । प्रतियोगिताको व्यवस्थापन महाकाली स्पोर्टस सोसाइटीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस