७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरेलु चप्पल उद्योगबाट रु ४५ हजार कमाइ

अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित अजम्बरीटोलका राजन विश्वकर्माले घरमै चप्पल उद्योग सञ्चालन गरेका छन् । वैदेशिक रोजगारीका क्रममा विसं २०५४ देखि साउदी र कतारमा दुई दशकभन्दा बढी समय बिताएका ४३ वर्षीय उनले अहिले उक्त उद्योगबाट मासिक रु ४५ हजारभन्दा बढी कमाउन थालेका छन् । आफ्नै घरमा उद्योग सञ्चालन गरेपछि अहिले सबैको हौसलासमेत मिलेको विश्वकर्माको भनाइ छ ।

‘उद्योगबाट घरमै राम्रो आम्दानी गर्न शुरु गरेको छु’, उनले भने, ‘आफन्तबाट टाढिएर विदेशमा पुगेर कमाउनुभन्दा घरैमा कमाउनु स्वर्गीय आनन्द हुँदोरहेछ ।”अहिले वास्तविक कमाइको अनुभूति भएको छ’, विश्वकर्माले भने, ‘उद्योगबाट उत्पादित चप्पल दिक्तेलबजारलगायत अन्य बजारमा बिक्रीका लागि पठाउने गरेको छु ।’

छ महीना ‘ग्यारेण्टी’ भएको समृद्धि बहुआयामिक उद्योग नामको चप्पलरु ९० देखि रु १५० सम्म थोक मूल्यमा बिक्री गर्ने गरिएको उनले बताए । जिल्लाकै पर्यटकीयस्थल ‘रुपाकोट’, ऐतिहासिकस्थल ‘दिक्तेल’ र ‘साथी’ नामको ‘ब्राण्ड’ दिइएको चप्पल बजारमा पाइने अन्य चप्पलभन्दा सस्तो छ ।

आफूले उत्पादन गरेको चप्पल अन्य पालिकाहरुमा समेत पठाउने तयारी गरिएको विश्वकर्माले जानकारी दिए। करीब तीन महीनाअघि शुरु गरिएको उद्योगबाट अहिले दैनिक १५० जोरभन्दा बढी चप्पल उत्पादन हुने गरेको जनाइएको छ ।

विश्वकर्माका भाइ गङ्गाबहादुर विश्वकर्मासँगको सहकार्यमा रु ५ लाख लगानी गरेर सञ्चालन गरिएको चप्पल उद्योग गतआइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले उद्घाटन गरेका थिए । नगरप्रमुख रिजालले विश्वकर्माको मिहेनतले अरूलाई समेत हौसला मिलेकाले समृद्ध नगर बन्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

‘विश्वकर्मा दाजुभाइले आफ्नै क्षेत्रमा उद्योग सञ्चालन गरेर नगरपालिकामा उदाहरणीय व्यक्ति बझोका छन्, ‘ उनले भने, ‘औद्योगिक क्षेत्रको विस्तार नै नगर समृद्धिको पूर्वाधार भएकाले नगरपालिकाका तर्फबाट सकेको सहयोग हुनेछ ।’ विश्वकर्माको चप्पल उद्योगलाई नमूना उद्योगका रुपमा विकास गर्नुपर्ने उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष उपिनकुमार राईले बताए । यसका लागि नगरपालिकालगायतले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।रासस

प्रतिक्रिया दिनुहोस