सरकारद्धारा गुठी विधेयक फिर्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारद्धारा गुठी विधेयक फिर्ता


प्रशासन संवाददाता

३ असार २०७६, मंगलबार


मालपोत

काठमाडौं । सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जानकारी दिए ।
सो विधेयक राष्ट्रियसभामा पेश भएको थियो ।

प्रतिक्रिया दिनुहोस