लोक सेवा दरखास्त दिने म्याद थप, दोब्बर दस्तुर १७ गतेसम्म « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोक सेवा दरखास्त दिने म्याद थप, दोब्बर दस्तुर १७ गतेसम्म


प्रशासन विशेष ब्युरो

३ असार २०७६, मंगलबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौँ । लोक सेवा आयोगले दरखास्त दिने म्याद थप गरेको छ ।

अनलाईन प्रणालीबाट दरखास्त दिँदा कठिनाई उत्पन्न भएको गुनासोसँगै आयोगले दरखास्त दिने अन्तिम मिति यही असार १० गते र १७ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने छ ।

स्थानीय तहका लागि विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा अनलाईन प्रणालीमार्फत दरखास्त दिने उम्मेदवारको संख्या जेठ ३० गतेदेखि अध्याधिक भएका कारण जीआइडीसी स्थित आयोगको सर्भरमा चाप भई दरखास्त अपलोड गर्न कठिनाई उत्पन्न भएको र दरखास्त फाराम बुझाउन नसकिएको निवेदनसहित परेको भन्दै आयोगले उक्त निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस