३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिर्गौलापीडितलाई २४ लाख सहयोग

अ+ अ-

स्याङ्जा । दुवै मिर्गौलाले काम नगरेपछि उपचार गराइरहेका वालिङ नगरपालिका–९ निवासी खुमबहादुर गुरुङलाई शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

वालिङ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका गुरुङको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वालिङ बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख रीना रानाको संयोजकत्वमा सहयोग रकम सङ्कलन समिति निर्माण गरेर क्याम्पसले चलाएको अभियानमा सङ्कलित रकम रु २४ लाख ७४ हजार ९२७ प्राध्यापक खुमबहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो । सङ्कलित रकम रीना राना र टिकराज गुरुङले हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद रेग्मीले गुरुङको उपचारका लागि सहयोग गर्नुहुने प्राध्यापक, विद्यार्थी, समाजसेवी सबैलाई धन्यवाद दिँदै क्याम्पसको तर्फबाट पनि समितिको बैठक बसेर सहयोग गर्ने बताउँदै गुरुङको स्वास्थ्यलाभको कामनासमेत गरे ।

गुरुङ थप उपचारका लागि भारत जाने तयारीमा रहेका बेला सहयोग रकम हस्तान्तरण गरिएको हो । उनको उपचारका लागि सहयोग रकम सङ्कलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सञ्चारकर्मी टिकराज गुरुङलाई क्याम्पसले सम्मान गरेको छ । मिर्गौलापीडित प्राध्यापक खुमबहादुर गुरुङको उपचारको सहयोगका लागि टिकराज गुरुङले देशविदेशमा रहेकाहरुबाट रु १३ लाख ५३ हजार ६०८ सङ्कलन गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस