१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असार एकदेखि ३ महिनाका लागि टिपर र ट्रयाक्टर सञ्चालनमा रोक

अ+ अ-

बनेपा । मण्डनदेउपुर नगरपालिकाले वर्षात्को समयमा टिपर र ट्रयाक्टर सञ्चालन गर्दा निर्माणाधीन सडकमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सडकमा यही असार १ गतेबाट तीन महीनाका लागि त्यस्ता सवारीमाथि रोक लगाउने भएको छ ।

नगरपालिकाको गत २६ गते बसेको बैठकको निर्णयअनुसार आज नगरपालिकाले सार्वजनिक सूचना जारी गरी आगामी असार १ गतेबाट भदौ ३० गतेसम्मका लागि सो नगरपालिका भएर सञ्चालनमा रहेको राष्ट्रिय राजमार्ग बाहेकका नगर क्षेत्रभित्रका सडकमा टिपर र ट्रयाक्टर सञ्चालनमा रोक लगाइएको जनाएको हो ।

त्यसरी गरेको निर्णयलाई बेवास्ता गरी कोही कसैले टिपर र ट्रयाक्टर सञ्चालन गरेको पाइएमा टिपरलाई प्रतिपटक रु २५ हजार र ट्रयाक्टरलाई प्रतिपटक रु १५ हजार जरिवाना गर्नेसमेत निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

तर, नगरपालिका क्षेत्रभित्रमा सडक तथा अन्य आयोजनाको निर्माण कार्य एवं निर्माण सामग्री ढुवानी गर्नको लागि ती साधनको आवश्यक परेमा भने सम्बन्धित वडाको सिफारिसका आधारमा नगरपालिकाको पूर्वस्वीकृति लिएर मात्रै सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ ।

नगरपालिका प्रमुख टोकबहादुर वाइबाले वर्षायाममा निर्माणाधीन सडक बिग्रने भएको हुनाले नगर कार्यापालिकाको बैठकले सो निर्णय गरेको बताए ।

नगरपालिकाका प्रवक्ता डिल्ली आचार्यका अनुसार नगरभित्र ठूला सडक १०/१२ जति रहेको र साना शाखा सडक धेरै रहेकामा ती सडक पक्की तथा पक्की नबनाइसकेको हुनाले वर्षायाममा ठूला गाडी (टिपर र ट्र्याक्टर) चलाउँदा बिगार्ने भएकाले सो निर्णय गरिएको बताए ।

‘नगरभित्र अहिले निर्माणाधीन सडक पनि रहेको र अरु सडकमा पनि ठूला टिपर र ट्रयाक्टर चलाउँदा सडक बिगारेर ठूला खाल्डा हुने र भत्काउने हुँदा यात्रुवाहक बस र अरु साना सवारीसाधन चलाउन गाह्रो हुने भएकाले त्यसलाई मध्यनजर गर्दै हामीले नगर कार्यापालिकाको बैठकले यस्तो निर्णग गरेका हौँ’, प्रवक्ता आचार्यले भने, ‘त्यसबाहेक सडक निर्माण र अन्य निर्माणका सामग्री ढुवानी गर्नुपरेमा वडा कार्यालयको सिफारिसका आधारमा नगरपालिकाबाट स्वीकृति लिएर मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस