१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशवर्षे जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना : अध्यक्ष दाहाल

अ+ अ-

चौतरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताएका छन् । बलेफी गाउँपालिका–५ कुपकन्या माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले जनयुद्धपछि मात्रै नेपालमा शान्ति छाएको बताए ।

जनयुद्धले ल्याएको राजनीतिक परिवर्तन र भूकम्पले पु¥याएको क्षति स्मरण गर्दै अध्यक्ष दाहालले सिङ्गो देश समृद्धिको बाटोमा लागेको बताए । ठूलो प्रकोप र द्वन्द्वपछि जापान विकसित र समृद्ध भएको उदाहरण दिँदै उनले नेपालमा पनि नयाँ संस्कारको साथमा विकासले गति दिएको बताए ।

‘नेपालमा राजनीतिक अस्थिरताको अन्त्य भएको छ । अबको समय भनेको विकास निर्माणमा जुट्ने हो’, उनले भने, ‘राजनीतिक अस्थिरतापछि अहिलेको सरकार आर्थिक समृद्धि र समृद्ध मुलुक स्थापना गर्ने जमर्कोमा जुटेको छ ।’

विसं २०७२ मा भूकम्प नगएको भए नेपालको संविधान निर्माण नहुने दाबी गर्दै उनले प्राकृतिक विपद्ले देशका सबै पक्षलाई एकताबद्ध हुन प्रेरित गरेको स्मरण गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले अगामी दिनमा सबै एकताबद्ध भएर समृद्धिको अभियानमा लाग्न पनि आग्रह गरे ।

पूर्वमन्त्री तथा सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकलाई प्रकोपले निरन्तर क्षति पुर्‍याएको भन्दै त्यस क्षतिलाई सिन्धुपाल्चोकवासीले अवसरका रुपमा लिनुपर्ने बताए । भूकम्पबाट क्षति पुगेको विद्यालय पुनःनिर्माणपछि भौतिक मात्रै नभएर शौक्षिक गुणस्तरमा लाग्न आवश्यक रहेको सापकोटाको भनाइ छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट विद्यालय भवनलाई क्षति पुगेपछि टाटा ट्रष्ट इण्डिया, सिप्रदीयन सहायता संस्था नेपालको रु तीन करोड ९७ लाख चार हजार १५० को अनुदान सहयोगमा दुईतले १५ कोठे सुविधा सम्पन्न भवन निर्माण भएको हो । विगत चार वर्षदेखि ३५० विद्यार्थी अस्थायी टहराबाट पठनपाठन गर्दै आएको विद्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस