३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक ३ अंकले घट्यो

अ+ अ-

काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५३ बिन्दुले घटी २७१.८१ मा पुगेको छ ।

परिसूचक घटेसँगै कारोबारमा पनि गिरावट आएको छ । स्टकका अनुसार १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर रु ४५ करोड ६५ लाख छ हजार ९४५ मूल्यमा खरीद बिक्री भए ।

कारोबार भएका कूल ११ उपसमूहमध्ये होटल ४.१९ बिन्दुले बढेको छ भने बैंकिङ २.०९, विकास बैंक ३.०७, जलविद्युत् ५.९३, वित्त ५.१३, निर्जीवन बीमा २३.१८, उत्पादन १८.२७, अन्य ०.३१, लघुवित्त २.८५, जीवन बीमा १४.७२ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

घटेको बजारमा आज सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर रु तीन करोड आठ हजार ५९२ बरारबको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै शिवम् सिमेन्ट रु २ करोड ४६ लाख ४२ हजार ५६०, प्रभु बैंक रु २ करोड ३३ लाख छ हजार ६१४, ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु १ करोड ७४ लाख, नेपाल बैंक लिमिटेड रु एक करोड ५९ लाख ६३ हजार ५४७, एनआइसी एसिया बैंक रु एक करोड ४३ लाख ६६ हजार ५११ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु एक करोड ३१ लाख चार हजार ४०५ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका शेयर धनीले ५.२६, कर्पोरेट डेभलपमेन्ट बैंक ५.०८, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.८२, नयाँ नेपाल लघुवित्त विकास बैंक ३.४८ र रैराङ हाइड्रो पावर कम्पनीका शेयरधनीले २.८८ प्रतिशतले कमाए ।

प्रुडेन्सिलय इन्स्योरेन्स कम्पनीका शेयरधनीले ४.६७, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.६८, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ३.६३, सगरमाथा इन्स्योरेन्स कम्पनी ३.५० र मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले ३.५ प्रतिशतले गुमाए ।

यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सो कम्पनीले शेयरधनीलाई १५.४८ प्रतिशत शेयर लाभांश दिएलगत्तै प्रतिकित्ता रु ४७१ मा मूल्य समयोजन गरिएको हो । सो कम्पनीको औसत आधार मूल्य रु ७४७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस