२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेङ्गु नियन्त्रण गर्न मालाथिन औषधि छर्कँदै

अ+ अ-

विराटनगर । विराटनगर महानगरापलिकामा डेङ्गु ज्वरोका सङ्क्रमित बिरामी देखिन थालेपछि आजदेखि यस क्षेत्रमा औषधि छर्किने कार्य शुरु गरिएको छ ।

धरान उमहानगरपालिकमा सो रोगबाट सङ्क्रमित बिरामी अत्यधिक देखिएकाले नियन्त्रणका लागि नगरका सम्पूर्ण वडामा आजदेखि मालाथिन फगि स्प्रे (छर्केने)कार्य शुरु गरिएको महानगरपालिकाले जनाएको छ । महानगरले आज वडा नम्बर १, २, ३, र १० , यही जेठ ३० गते १, ३, ४, र १० मा, ३१ गते ४, ५, ६ र ७ मा, ३२ गते ५, ६, ८ र ९ मा औषधि छर्किने भएको छ ।

यसैगरी आगामी असार १ गते ८, ९, ११, र १२ मा, २ गते ११, १२, १३, र १४ मा, ३ गते १४, १५, १६ र १७ मा र ४ गते १८, १९ मा औषधि छर्किने कार्यक्रम निश्चित भएको महानगरले जानकारी दिएको छ । बिहान ७ः०० बजेदेखि दिउँसो ११ः०० बजेसम्म औषधि छर्किने भएकाले उक्त समयमा खानेकुरा छोपेर राख्न महानगरले नगरवासीलाई आग्रह गरेको छ ।

डेङ्गुका लक्षण

एक्कासी उच्च ज्वरो आउनु, ज्वरो पाँचदेखि सात दिनसम्म रहनु ,आँखाको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्ने, शरीर कटकटी दुख्ने, शरीरमा बिमिरा र रक्तश्राव हुने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, शरीरमा रगत रहेको चक्का ९निलडाम० देखापर्ने, बेहोश हुने आदि लक्षण देखा पर्नसाथ नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा तुरुन्त जाँच गराउनु पर्दछ ।

डेङ्गुबाट बच्ने मुख्य उपाय

लामखुट्टेको टोकाइबाट बच्नु, लामखुट्टेको वृद्धि विकासमा नियन्त्रण गर्नु, आफू बस्ने ठाँउ वरिपरि फालिएका खाली बट्टा, टुटे फुटेका कप, बोतल अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न नदिने उपाय गर्नु, पानी जमेको स्थानमा हप्ताको दुई पटक पानी वरिपरि डढेको मोविल वा मट्टितेल छर्कने, खानेपानीका ट्याङ्कीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने, खानेपानी ट्याङ्की हप्तैपिच्छे सफा गर्ने कुलरको पानीमा हप्तामा एक/दुई चम्मा मट्टितेल हाल्ने, हिप्तै पिच्छे कुलरको पानी सफा गर्नुपर्दछ ।

यस्तै घर वरिपरि पानी जमेको स्थानमा डढेको मोविल तथा मट्टितेल हाल्ने, लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएको वा पूरा शरीर ढाक्ने लुगा लगाउने र लामखुट्टेबाट वच्ने मलम दल्नु पर्दछ । डेङ्गु ज्वरो विरुद्धको खोप तथा खास उपचारसमेत नभएकाले लामखुट्टेबाट बच्नु रोगबाट बच्ने मुख्य उपाय भएको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस