काठमाडौं । सरकारले रात्री बस सञ्चालन गर्ने भएको छ । रातिको समयमा यात्रुको समस्यालाई मध्यनजर गर्दै सरकारले ‘रात्री बस सेवा’ सञ्चालनको तयारी गरेको हो ।
यातायात व्यवस्था विभागले रात्री बस सेवा सुरु गर्ने प्रस्ताव राखेको छ । यसका लागि एक दर्जन यातायात कम्पनीले चासो राखेका छन् ।
रात्री सेवा सञ्चालनका लागि विभागले इच्छुक कम्पनीसँग सोमबार छलफल गर्न लागेको विभागले जनाएको छ ।
रात्री बस चलाउन सरकारले पनि व्यवसायीलाई अतिरिक्त सहुलियत दिने भएको छ । र रात्री बस चलाउने बसलाई साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिने अधिकार समेत दिने जनाइएको छ ।
यस अघि २०६९ भदौमा रात्रीकालिन बस सेवा प्रारम्भ भएको थियो । तर ६ महिना परीक्षण स्वरुप सञ्चालन भएपछि यात्रु नपाएको भन्दै व्यवसायीहरुले बन्द गरेका थिए ।