७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भानु जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्छ : नेता पौडेल

अ+ अ-

दमौली । नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्तको जन्मथलो चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्रबिन्दु बनाउनुपर्ने आवश्यकमाथि जोड दिएका छन् ।

तनहुँको भानु नगरपालिका–४ चुँदी र ५ बरभञ्ज्याङ जोड्ने चुँदीखोलामाथि निर्माण भएको पक्की पुलको आज उद्घाटन गर्दै उनले निर्माण भएको गुरुयोजना अनुसार भानु जन्मथलोलाई पर्यटनको केन्द्रबिन्दु बनाउनुपर्नेमा जोड दिएका हुन् ।

वरिष्ठ नेता पौडेलले भने, ‘नेपाली भाषाका धरोहर आदिकविको जन्मथलोको विकासका लागि साहित्यिक उद्यानको गुरुयोजना बनाएका थियौ, तर राजनीतिले अर्कै मोड लिएपछि चुँदी क्षेत्रसमेत ओझेलमा पर्न थाल्यो ।’स्थानीयवासी अग्रसर हुने हो भने चुँदीरम्घाको विकासका लागि आफूले नेतृत्व लिन तयार रहेको उनले बताए ।

वरिष्ठ नेता पौडेलले भने, ‘साहित्यमार्फत पर्यटन विकास गर्न सम्भव छ, चुँदीरम्घालाई साहित्यिक उद्यानको रूपमा विकास गर्न बजेटको कमी हुँदैन । अन्तर्राष्ट्रिय स्तरबाट समेत लगानीको प्रतिबद्धता भइसकेको छ ।’

फरक प्रसङ्गमा बोल्दै वरिष्ठ नेता पौडेलले काँग्रेस चुनावमा पराजित भएपछि विकासका योजना अलपत्र परेको आरोप लगाए । उनले भने, ‘विकास गर्न चिन्तन, योजना र देशभक्ति आवश्यक पर्छ, तर सरकार अहिले यो विषयमा अलमलिएको जस्तो देखिएको छ ।’

वरिष्ठ नेता पौडेलले कृषि क्रान्ति, ऊर्जा विकास र पर्यटनमार्फत् देश समृद्ध बन्न सक्ने भएकाले सरकारले यी विषयलाई प्राथमिकतामा राखेर विकास योजना बनाउनुपर्नेमा सुझाव दिए ।

गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्ले, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले पुल निर्माणसँगै चुँदीरम्घाको पर्यटन विकासमा टेवा पुग्ने धारणा व्यक्त गरे ।

तत्कालीन जिल्ला विकास समितिमार्फत विसं २०७३ वैशाख १६ गते सुरु भएको पुलको निर्माण कार्य विसं २०७५ वैशाख १३ गते सम्पन्न भएको थियो । रु २ करोड ८९ लाख ३४ हजार ४७ को लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई २५ मि र चौडाई ४.२५ मि रहेको जिल्ला समन्वय समितिका इन्जिनियर सुरेश अधिकारीले जानकारी दिए ।

पुल निर्माणभएसँगै स्थानीयवासीलाई सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पुल निर्माण नहुँदा वर्षायाममा चुँदीखोलाले मानवीय क्षति पुगेको थियो, अब भने सहज भएको छ ।’

प्रतिक्रिया दिनुहोस