२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा

अ+ अ-

बेझाड । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाल्पामा रु १ करोड ८४ लाख बजेट प्राप्त भएको छ ।

बेरोजगार युवालाई रोजगार दिने उद्देश्यले सञ्चालित सो कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहमा लागू भएको छ । तीमध्ये रम्भा र रिब्दिकोट गाउँपालिकाले कार्यक्रम शुरु गरिसकेका छन् भन्ने अन्य स्थानीय तहले शुरु गर्ने तयारी गरिरहेको छ ।

यस कार्यक्रमअन्तर्गत रम्भा गाउँपालिकाले फारम भरेका ४५० युवामध्ये तीस जनालाई छनोट गरी रोजगार दिन थालेको छ । सो कार्यक्रमका लागि रु चौध लाख बजेट प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमअन्तर्गत गाउँपालिका–३ पिपलडाँडाको बेलपानीदेखि मौलाथर सम्मको करीब साढे पाँच किलोमिटर मोटरबाटो स्तरोन्नतिका लागि रु साढे चार लाख बजेट विनियोजन गरेर काम थालनी गरिएको गाउँपालिकाका अधिकृत भक्तजङ्ग रानाले जानकारी दिए ।

बाँकी रकम रिमिघा लेकको पर्यटन प्रवर्द्धन लगायतका क्षेत्रमा खर्च गरिने योजना रहेको उनले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा ९० युवालाई रोजगार दिइने योजना रहेको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए ।

त्यस्तै रिब्दिकोट गाउँपालिकाले यस कार्यक्रमअन्तर्गत ११० युवालाई छनोट गरेको छ । सो कार्यक्रमका लागि संघीय सरकारबाट रु चौध लाख र गाउँपालिकाबाट रु ५ लाख गरी कूल १९ लाख बजेट विनियोजन भएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिए ।

यसैगरी सो कार्यक्रमका लागि रामपुर नगरपालिकाले चालू आर्थिक वर्षमा रु २५ लाख बजेट प्राप्त गरेको छ । यसबाट करीब सय जना युवालाई रोजगार दिने योजना रहेको नगर प्रमुख रमणबहादुर थापाले बताए । ‘नगरका धेरै बेरोजगार युवालाई समेटेर कार्यक्रम गर्ने तयारी गरिरहेका छौँ’, नगर प्रमुख थापाले भने, ‘असारदेखि काम थालनी हुँदैछ ।’

यस कार्यक्रमअन्तर्गत तानसेन नगरपालिकामा सबैभन्दा बढी बजेट प्राप्त भएको छ । संघीय सरकारबाट प्राप्त रु ४२ लाखबाट एक सय ८५ युवालाई रोजगार दिने गरी छनोटको प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख अशोककुमार शाहीले बताए ।

त्यस्तै निस्दी गाउँपालिकामा प्राप्त रु १३ लाख बजेटबाट ९८ युवालाई रोजगार दिने गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । यस कार्यक्रमअन्तर्गत तिनाऊ गाउँपालिकामा प्राप्त भएका रु १२ लाख बजेटबाट २ सय युवालाई रोजगार दिने गरी योजना छनोट प्रक्रिया भइरहेको अध्यक्ष ओमबहादुर घर्तीमगर बताउछन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु १९ लाख बजेट प्राप्त भएको रैनादेवी छहरा गाउँपालिकाले ३२० युवालाई रोजगार दिने तयारी थालिइएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

यसैगरी पूर्वखोला गाउँपालिकालाई प्राप्त भएको रु १३ लाख बजेटबाट तीन सय युवालाई रोजगार दिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए ।

त्यस्तै सो कार्यक्रमअन्तर्गत माथागढी गाउँपालिकालाई प्राप्त भएको १६ लाख बजेटबाट ३ सय युवालाई रोजगार दिइने अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिए । उनका अनुसार यस कार्यक्रममा सहभागी हुन गाउँपालिकाका १ हजार २ सय बढी युवाले आवेदन दिएका छन् ।

बगनासकाली गाउँपालिकाका लागि प्राप्त रु १६ लाख बजेटबाट कामदार छनोट गर्ने प्रक्रिया भइरहेकाले आगामी असारको पहिलो सातादेखि कार्यक्रम शुरु गरिने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक स्तरोन्नति, साना–साना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिँचाइ, ग्रामीण खानेपानी, शिक्षा, वन, जलाधार क्षेत्रमा रहेर काम गर्ने कार्यविधि रहेको छ । यस कार्यक्रममा १८ वर्षदेखि ५० वर्ष सम्मका बेरोजगार नागरिक सहभागी हुन पाउनेछन् ।रासस

प्रतिक्रिया दिनुहोस