२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान ढुवानीसम्बन्धी नयाँ प्रणालीका विषयमा छलफल

अ+ अ-

चितवन । राजश्व अनुसन्धान विभागले शनिबार व्यवसायीसँग सामान ढुवानी गर्दा प्रयोगमा ल्याउन लागिएको नयाँ प्रविधिका बारेमा छलफल गरेको छ । उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको कार्यक्रममा यही साउनबाट अनिवार्यरूपमा लागू गर्न लागिएको वेवमा आधारित भेइकल एण्ड कन्जिङ्म्यान्ट ट्रयाकिङ सिस्टमका सम्बन्धमा छलफल गरिएको हो ।

सो अवसरमा दिइएको जानकारीअनुसार यस पद्धति सामान ढुवानी गर्दा प्रयोग गरिनेछ । एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानबाट अर्को स्थानसम्म सामान ढुवानी गर्दा दर्ता गराएर गर्नुपर्ने हुन्छ । यस प्रणालीअन्तर्गत ढुवानी कम्पनी, आयातकर्ता र आफैँ सामान ढुवानी गर्नेहरुले मालसामान ओसारपसार गर्नुपूर्व वेवमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्टि गरेर मात्र ओसारपसार गर्नुपर्ने नयाँ सफ्टवेयर प्रणाली भएको सो अवसरमा जानकारी दिइएको थियो ।

कार्यक्रममा राजश्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मीले यस प्रणाली के हो, यसबाट के–के फाइदा हुन्छ, यस प्रणालीको आवश्यकता किन पर्‍यो, हाल ढुवानीकर्ताले भर्ने गरेको चलान, यस प्रणालीबाट बन्ने चलानलगायतका बारेमा प्रकाश पारेका थिए । विभागका निर्देशक टङ्क पाण्डेका अनुसार यस प्रणालीका बारेमा जेठ महीनाभरिमा देशभरका प्रमुख शहरहरुमा अन्तरक्रिया गरी छलफल गरिनेछ ।

असार महीनामा परीक्षणका रुपमा प्रयोग गरेर साउनबाट अनिवार्य रुपमा लागू गरिने पाण्डेले जानकारी दिए। यस प्रणालीअन्तर्गत ढुवानी पूर्व सामानको विवरण केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्र ओसारपसार गर्न सकिने उनले बताए । जसबाट बाटोमा हुने सबै झन्झट हट्ने पाण्डेको भनाइ छ ।

सो अवसरमा आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुवप्रसाद रिजाल, उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, सङ्घका उद्योग प्रवर्द्धन समितिका संयोजक सोमप्रसाद काप्रीलगायतले बोलेका थिए । कार्यक्रममा सहभागीहरुले यस प्रणालीका बारेमा जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस